साउदी : लुलु, पाण्डा, नेस्टो जस्ता मार्केटमा नेपाली उत्पादन पुर्‍याउन पहल

काठमाडौँ । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र पी सिंहले दुई पक्षीय व्यापार विस्तारका लागि नेपाली उत्पादन साउदी पुर्‍याउन पहलकदमी अघि बढाएका छन् । उनी राजदूत भएर साउदी अरब पुगेदेखि नै उक्त पहल जारी राखेको भए पनि यसले मुर्त रूप लिने अवस्था बल्ल आएको धारणा दूतावास अधिकारीको छ ।

उनले मित्रराष्ट्र साउदीअरब र नेपालबीच व्यापार प्रवर्द्धनका लागि नेपाली उत्पादन साउदीअरबको बजार प्रवेशमा सहजिकरण पहल गरिरहेका छन् । उनले साउदीअरबका बिभिन्न च्याम्बर अफ कमर्स र नेपालको च्याम्बर अफ कर्मसबीच सहकार्यमा जोड दिएका हुन् । उनले सहकार्यको खोजी गर्न सादीको च्याम्बर अफ कर्मसका अधिकारीहरूसँग पहल गरेका छन् ।

पछिल्लो पटक उनले दम्माम च्याम्बर अफ कमर्सका अध्यक्ष अब्दुल हाकीम विन हमान अल–अम्बर अल–खालिदसँग वार्ता गरेका थिए । उक्त छलफलले दुईपक्षीय सहकार्य अघि बढ्ने विश्वास मिलेको पनि बताए । राजदूत सिंहले उक्त छलफलले सहकार्य आशालाग्दो रहेको बताए ।

राजदूत भएर त्यहाँ पुगेदेखि नै सहकार्यमा जोड दिएका उनले पछिल्लो समय निजी क्षेत्रमार्फत हुने सहकार्यमा पनि जोड दिएका हुन् । उनले यस अलवा अन्य सहकार्यमा पनि जोड दिँदै आफूलाई सक्रिय राखेका छन् । उनको कार्यकाल सकिनै लाग्दा समेत उनी सक्रिय छन् ।

कतिपय कामहरू कार्यवन्यन तहमा पुग्नै लाग्दा कोभिड-१९ ले ओझेलमा पारेको थियो । अहिले भ्याक्सिनपछि कोभिड प्रभाव पनि कम हुन थालेकाले पुनः उनले पुराना सहमति र सहकार्यमा पुग्नै लागेको स्थानबाट काम अघि बढाएका हुन् ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…