पृथ्वीतर्फ आउँदैछ फुटबलको मैदान जत्रो आकारको विशाल क्षुद्रग्रह

आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल क्षुद्रग्रह पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिसेकेन्डको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस क्षुद्रग्रहमाथि नासाका वैज्ञानिकले निगरानी राखिरहेका छन् ।

विध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो क्षुद्रग्रहको खतरा टरिसके पनि अब अर्को एउटा विशाल क्षुद्रग्रह पृथ्वीतर्फ लम्किरहेको छ । फुटबलको मैदान जत्रो विशाल आकारको यो क्षुद्रग्रह 2021 AF8 (Asteroid 2021 AF8) माथि वैज्ञानिकहरुले निगरानी राखिरहेका छन् । वैज्ञानिकका अनुसार यो क्षुद्रग्रह मे ४ मा पृथ्वीको नजिक हुँदै गुज्रनेछ ।

नासाका वैज्ञानिकका अनुसार यो क्षुद्रग्रह २६० देखि ५८० मिटरको आकारको रहेको छ । सबैभन्दा पहिले मार्च महिनामा यो क्षुद्रग्रहको बारेमा वैज्ञानिकले जानकारी पाएका थिए ।

नासाका वैज्ञानिकका अनुसार पृथ्वी भएर जाने यस क्षुद्रग्रह 2021 AF8 यसअघि पृथ्वीको नजिक भएर गएका अन्य ठूला क्षुद्रग्रहको तुलनामा भने सानो हो । तरपनि यसलाई खतराको हिसाबले कम आँक्न मिल्दैन । नासाका अनुसार यो 2021 AF8 एस्टोराइड ९ किमि प्रतिसेकेण्डको वेगले पृथ्वीको नजिक आउँदैछ ।

वैज्ञानिकका अनुसार पृथ्वीबाट करिब ३४ लाख किलोमिटर दूरीबाट यो 2021 AF8 क्षुद्रग्रह गुज्रिने छ । अपोलो श्रेणीको यस क्षुद्रग्रहलाई वैज्ञानिकले निगरानी गरिरहने छन् । नासाले यसलाई सम्भावित खतराको सूचीमा राखेको छ ।

नासाको sentry सिस्टमले पहिले देखि नै यस्ता खतरातर्फ निगरानी गरिराखेको छ । नासाका अनुसार आगामी एकसय वर्षमा आउने २२ वटा यस्ता खतरनाक क्षुद्रग्रह छन् जुन पृथ्वीसँग ठोक्किने सम्भावना रहेको छ ।

यो श्रेणीमा सबैभन्दा अघि र सबैभन्दा ठूलो २९०७५ (1950DA) क्षुद्रग्रह रहेका छन् । यो सन् २८८० सम्म पृथ्वीतर्फ आउँदैन । यसको आकार अमेरिकाको एम्पाएर स्टेट बिल्डङभन्दा तीन गुणा ठूलो छ ।

सूर्यको परिक्रमा गर्ने तर ग्रहभन्दा सानो आकारका चट्टानलाई क्षुद्रग्रह भनिन्छ । यस्ता क्षुद्रग्रहहरु मंगल तथा बृहस्पति ग्रहको बीच क्षुद्रग्रह बेल्टमा अत्यधिक संख्यामा रहेका छन् ।

करिब ४.५ अरब वर्ष पहिले जब हाम्रो सौर्यमण्डल प्रणाली निर्माण भएको थियो, त्यसबेला ग्यास तथा धुलोका बादल जसले ग्रहको आकार लिन सकेनन्, ती क्षुद्रग्रहका रुपमा रहे । यस कारण यिनको आकार ग्रह जस्तो गोलो हुँदैन भने कुनै दुई क्षुद्रग्रहको आकार एक जस्तो पनि हुँदैन ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…