अब हुने बिद्रोह ओलीलाई साह्रै महँगो पर्छ : दाहाल

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको जिकीर गर्नुभएको छ ।

सुर्खेतमा बिहीबार आयोजित कार्यक्रममा उहाँले परिवर्तनलाई संस्थागत नगरी प्रतिक्रान्तितिर लागेका ओलीलाई अबको विद्रोह महँगो पर्ने चेतावनी दिनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेको भन्दै दाहालले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहकोे झण्डा उठाउनुपर्छ भन्नुभयो ।

माओवादी र जसपालाई देउवाको प्रस्ताव : कांग्रेसको नेतृत्वमा नयाँ सरकार

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामु आफ्नो नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । त्यसमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले छलफल गर्न समय मागेकाले कुनै सहमति नभएको नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको झण्डै दुई महिनापछि पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको संयुक्त बैठक बसेको थियो । बूढानीलकण्ठस्थित आफ्नै निवासका बसेको बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय जानकारी गराएका थिए ।

‘आजको बैठकमा औपचारिक रुपमै प्रस्ताव राख्छौं र तपाईंहरुले राख्ने धारणापछि साझा ढंगले एउटा निर्णयमा पुगौं भनेर उहाँले प्रस्ताव राख्नुभयो’, बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको, राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै देउवाले कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउने प्रस्ताव राखेका थिए ।

जसपा नेताहरुले नयाँ सरकार गठनबारे पार्टीमा छलफल गर्न समय चाहिने बताएका छन् । ‘पहिलो पटक सरकार बनाउने प्रस्ताव आएको छ । हामीले यस विषयमा कुनै छलफल गरेको छैन । अब छलफल गर्छाैं’, जसपा अध्यक्ष महन्थ ठाकुरले भनेका छन् ।

ठाकुरसहित जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाइलगायतका मुद्दा पनि रहेको बताए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी भइरहेको र केही विषय कार्यान्वयन प्रक्रियामा गएको ठाकुरले बताएका छन् ।

उनका अनुसार कांग्रेस नेताहरुले पनि मागहरुबारे आफूहरु पनि सकारात्मक रहेको बताएका थिए ।

बैठकमा माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको र निरंकुशतातिर जान खोजेकाले नै आफूहरुले संविधान र लोकतन्त्रको रक्षा गर्न चाहने शक्तिहरुको सरकार बनाउन चाहेको भन्दै उनीहरुले कांग्रेसको निर्णयको स्वागत गरेका हुन् । ‘जसपाले छिट्टै निर्णय गर्ने भनेकाले छिट्टै निर्णय होस् भन्ने चाहन्छौं भन्यौं’, बैठकपछि नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ।

बैठकमा कांग्रेसका सबै पदाधिकारी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको अर्को बैठक छिट्टै बस्नेछ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…