बागलुङमा भेटियो ‘राज गोमन’, सर्प १२ फिट लामो र ५ केजी तौल

बागलुङ । बागलुङको मूलपानीमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडिएको छ । बागलुङ नगरपालिका–७ का सुदीप गौतमको घरमा शुक्रबार बिहान सर्प भेटिएको थियो । सर्प देखिएपछि घरपरिवार र गाउँले डराएका थिए ।

डिभिजन वन कार्यालयको अनुरोधमा सर्प संरक्षण समाज पोखराका अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडेको हो ।

सर्प १२ फिट लामो र ५ केजी तौलको थियो । किङ कोब्रा बढी मात्रामा तराईमा पाइने भए पनि २ हजार २ सय मिटरसम्म बाँच्न सक्ने र वातावरणीय प्रभावले पहाडी क्षेत्रमा पनि पाइन थालेको कतिलाले बताए ।

सर्पलाई भेटिएको स्थानदेखि ५ सय मिटर पर जंगलमा लगेर छाडिएको छ । ‘यो निकै विषालु हो तर हतपत कसैलाई टोकेको घटना विरलै मात्र छ,’ कतिलाले भने, ‘सर्पलाई कुट्ने, जिस्क्याउने गरिएन भने कसैलाई केही गर्दैन । सुरक्षित छाडिदिँदा आफ्नै बाटो जान्छ ।’

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…