२५ जनाभन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।

मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनले बताए।

उनले भने,‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड अपनाएर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ।

त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला भेला सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं। यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु।

अहिले छिटपुट रूपमा कोभिड-१९ का केस गएको महिनाको भन्दा बढेर गयो। अस्पतालमा आइसियुमा बिरामीहरू धेरै नै भर्ना भइसकेका छन्। त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो। अब बढ्न थाल्यो। अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ।’

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए। त्यसका लागि भीडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरून्त जाँच गराउनुपर्ने बताए।

यस्तै, भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएरमात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए।

उनले भने, ‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रासमिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ। त्यो ब्रेक गर्नु भनेको भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरून्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भीडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्नचाहिँ मिल्छ तर त्यो भनेको के हो भने भीडभाड नगरेर दूरी कायम नगरिकन अब कुनै पनि काम गर्न मिल्दैन भनेको हो।’

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताए।

उनले भने,‘सीमा नाकामा र अन्त शंकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन टेस्ट गर्‍यो भने छिटो व्यवस्थापन गर्न सकिन्छ। जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टाइनमा बस्नु भनेर पठाउने, पाँच वटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौं हामीले कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदैहोला, पाँच वटा दिएर पठाएको भन्ने रिपोर्ट आएको छ। त्यसरी पठाउने एउटा सीमाको कुरा यो भयो।’

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षण देखा परेको पनि प्रवक्ता गौतमले बताए। त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि उनले बताए।

उनले भने, ‘लक्षणहरू उस्तै हो तर लक्षणहरू अलि सिरियस, जटिल  देखिराखेको छ। मान्छेहरू बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या ह्वात्तै बढेको छ।

त्यसको मतलब संक्रमण भएकामा जटिल लक्षण धेरै देखिएको छ। जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…