स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन सिफारिस गरेको छ। कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरको महामारी आएको र यो थप फैलन सक्ने संभावना रहेकाले सावधानी अपनाउन मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो।

विद्यालयलगायत अन्य भीडभाड हुने क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसलगायत बन्द गर्न मन्त्रालयले सिफारिस गरेको र यसबारेमा सीसीएमसीमा छलफल भएर टुंगो लाग्‍ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…