टिकटकले भाइरल बनायो ललितपुरको मलपोखरीलाई, दु’र्घट’ना हुन सक्ने भन्दै खटियो प्रहरी

सामाजिक सञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँलाई भाइरल बनाइदिन्छ। तनहुँको मानहुँकोट, दाङको नागबेली सडकपछि ललितपुरको एउटा मल पोखरी टिकटकमा चर्चित छ। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा केही दिनदेखि टिकटक बनाउनेको भीड लाग्न थालेको छ।

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउँछन्।

भिडिओ भाइरल भएपछि टाढा-टाढाबाट पनि मान्छेहरू पोखरी खोज्दै आउन थालेका छन्।

बिहीबार दिउँसो हामी पुग्दा पोखरीमा भिडिओ बनाउनेको भीड थियो। पोखरीबीचमै गाईवस्तु चरिरहेका थिए। एक महिला बीच पोखरीमै गएर घाँस काट्दै थिइन्।

जोखिमपूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिय घटना नहोस् भनेर अहिले प्रहरी खटाइएको छ। ठूलो पोखरीमा दुई जनामात्रै प्रहरी खटेकाले युवायुवतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्रम भने रोकिएको छैन।

जोखिमपूर्ण ठाउँमा दुर्घटना भएर ज्यान नै जान सक्ने भएकाले प्रहरी खटाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

‘भासिलो जग्गा छ। त्यहाँ गएर मानिसहरूले टिकटकमा भिडिओ बनाएको देख्यौं। त्यस्तो ठाउँमा जाँदा दुर्घटना हुन सक्छ भनेर वडासँग समन्वय गरेर प्रहरी पठाएका छौं,’ उनले भने।

प्रहरीले वडा कार्यालयलाई सो क्षेत्रमा नजानू भन्दै बोर्ड राखिदिन आग्रह गरेको छ।

‘नराम्रो घटना नहोस् भनेर बोर्ड राखिदिन भनेका छौं। अब राख्छन् होला,’ एसपी महर्जनले भने,’ त्यहाँ जानेलाई सचेत गराउने हिसाबले अहिले हामीले प्रहरी खटाएका छौं। मानिसहरू आफैं पनि सचेत हुन जरूरी छ। जे नगर भनेको छ त्यो गर्न भएन।’

प्रहरीले भेटेजतिलाई सम्झाएर पठाए पनि टिकटक बनाउनेहरू मानिरहेका थिएनन्। खटिएका प्रहरीले भनेको नमानेपछि सिआरभी भ्यान आएर उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

एक स्थानीयका अनुसार एक व्यक्तिले भिडिओ बनाएर राखेपछि भीड बढेको हो। दैनिक दुई सयको हाराहारीमा मानिसहरू आएर भिडिओ बनाउन थालेको उनले बताए।

‘प्रहरी आएपछि मान्छे आउन कम भयो। हिजोअस्ति थुप्रो आए। धेरै वर्षअघि त मान्छे पनि मरेको भन्ने सुनेको थिएँ। तर मैले थाहा पाएको छैन,’ उनले भने।

मल पोखरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको जग्गामा पर्छ। ५ सय ८३ रोपनीको जग्गामा दुई वटा प्रशोधन केन्द्रको निर्माण हुँदैछ। २०३२/३३ सालमा नै मल पोखरी बनाउने भनेर त्यहाँको जग्गा सरकारले अधिग्रहण गरेको थियो।

२०४०/४२ सालमा काठमाडौं उपत्यकाको ढल छान्नका लागि त्यो पोखरी बनाइएको थियो। केही वर्ष सञ्चालन भएपछि सो काम बन्द भयो। केही समय त्यहाँ नगरपालिकाले पनि फोहोर थुपार्ने ठाउँ पनि बनाएको थियो। तर स्थानीयले विरोध गरेपछि फोहोर हटाएको थियो।

अहिले त्यहाँ दुई वटा आधुनिक ढल प्रशोधन केन्द्र बन्दै गरेको काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव रानाले जानकारी दिए।

काठमाडौं उपत्यकाबाट निस्किने ढललाई प्रशोधन गरेर पुन: खोलामा पठाउन प्रशोधन केन्द्रको निर्माण गर्न लागिएको हो।

‘तीन वटा पोखरी छन्। पछिल्लो दुई वर्षदेखि काठमाडौंको गुहेश्वरीमा बनेकोजस्तो आधुनिक किसिमको प्रशोधन केन्द्र बनाउन लागेका छौं,’ रानाले भने।

प्रशोधन केन्द्र बनेपछि अहिले भएको मल पोखरी पनि हट्ने उनले जानकारी दिए। करिब ७ सय रोपनीको जग्गामा प्रशोधन केन्द्र बन्दैछ।

अहिले त्यस ठाउँमा भिडिओ बनाउनेहरू आउन थालेकोबारे आफूलाई जानकारी नभएको र सम्बन्धित कार्यालयलाई जानकारी गराउने उनले बताए।

‘टिकटक बनाउन आएको विषयमा म हाम्रो आयोजना निर्देशनालय कार्यालयलाई बताउँछु,’ उनले भने।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…