न्युयोर्कलाई उछिन्दै बेइजिङ बन्यो विश्‍वमै सबैभन्दा धेरै अर्बपति भएको सहर

काठमाडौँ । बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । फोर्ब्सले निकालेको विश्वका धनी व्यक्तिहरुको सूचीअनुसार चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति देखिएका हुन् ।

बेइजिङमा पछिल्लो वर्ष मात्रै ३३ जना अर्बपति थपिएका छन् । योसँगै बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । विगत ७ वर्षदेखि अर्बपतिको संख्याको हिसाबले शीर्ष स्थानमा रहेको न्युयोर्कलाई बेइजिङले यस वर्ष उछिनेको हो । न्युयोर्कमा ९९ जना अर्बपति रहेको फोर्ब्सको सूचीमा देखिएको छ ।

कोरोना महामारीका बीच प्रविधि र स्वास्थ्य सामग्री तथा उपकरणको व्यापारले बेइजिङमा अर्बपतिको संख्या थएिको बीबीसीले जनाएको छ । अर्बपतिको संख्या धेरै भए पनि न्युयोर्कमा रहेका अर्बपतिको कुल सम्पत्ति भने बेइजिङका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।

बेइजिङका सबैभन्दा धनी व्यक्ति हुन् भिडियो सेयरिङ एप टिकटकका संस्थापक तथा यसको प्यारेन्ट कम्पनी बाइटडान्सका सीईओ चाङ यिमिङ । उनको कुल सम्पत्ति ३५.६ बिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै न्युयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वमेयर समेत रहेका माइकल ब्लूमबर्गको कुल सम्पत्ति भने ५९ बिलियन अमेरिकी डलर रहेको छ ।

अमेरिकामा जस्तै चीनमा पनि पछिल्लो समय ई–कमर्समा लगानी गर्ने व्यवसायीहरुले राम्रो कमाएका छन् । यस वर्षमात्रै चीनको बेइजिङसहित हङकङ र मकाउमा समेत गरी २ सय १० जना अर्बपति थपिएको फोर्ब्सले जनाएको छ । चीनका अर्बपतिमध्ये आधाले प्रविधि व्यवसाय र उत्पादन क्षेत्रबाट पैसा कमाएका छन् । यसपटक अर्बपतिको सूचीमा ई–सिगरेट उत्पादन गर्ने केट वाङ पनि परेकी छिन् ।

कुल अर्बपतिको संख्याका हिसाबले पनि चीन अमेरिकाको नजिक पुगेको छ । अमेरिकामा अर्बपतिको संख्या ७२४ रहेको छ भने चीनमा ६९८ । यस वर्ष विश्वभर ४९३ जना अर्बपति थपिएका छन् । यो संख्याले हरेक १७ घण्टामा एक जना अर्बपति थपिने गरेको देखिएको छ ।

अर्बपति सूचीमा चौधरीको स्थान खस्कियो
फोर्ब्सको सूचीअनुसार यो वर्षको विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस बनेका छन् । उनको कुल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर छ । गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६.९ बिलियन थियो ।

उक्त सूचीमा एलन मस्क दोस्रो स्थानमा छन् । टेस्ला कम्पनीका प्रमुख उनको सम्पत्ति १५१ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी २१ नम्बरमा थिए । त्यतिबेला उनको सम्पत्ति ३५.६ बिलियन थियो । यस्तै, तेस्रो स्थानमा फ्रान्सको फेसन कम्पनीका प्रमुख बनार्ड अर्लन्ट परेका छन् । यो वर्ष उनको सम्पत्ति १५० बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ९४.१ बिलियन अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमै थिए ।

गत वर्ष दोस्रो स्थानमा रहेका बिल गेट्स यो वर्ष चौथो स्थानमा परेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १२४ विलियन अमेरिकी डलर छ । अमेरिकामा माइक्रोसफ्ट कम्पनीका मालिक उनको सम्पत्ति गत वर्ष १०६.५ बिलियन अमेरिकी डलर थियो । यस्तै, फेसबुक कम्पनीका मालिक मार्क जुगरबर्ग यो वर्ष धनीहरूको सूचीमा पाँचौं नम्बरमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ९७ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ८६.५ विलियम अमेरिकी डलर सम्पत्तिसहित चौथो नम्बरमा थिए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…