संसारका केही धनाढ्यहरूका लागि कोरोनाभाइरसको महामारी धन बढाउने अवसर बनेर आयो। यही बीचमा धेरैले करौडौंको सम्पत्ति थपे।
फोर्ब्स म्यागजिनले मंगलबार प्रकाशित गरेको २ हजार २ सय ५५ जना अर्बपति सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन्।
उनको सम्पत्ति १७७ अर्ब डलर छ। त्यस्तै टेस्लाका मालिक एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ। गत वर्ष २४.६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन्।
यसपालि मात्र ४९३ जना अर्बपतिको सूचीमा थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना अर्बपति बनेका छन्। तीमध्ये पनि २०५ जना चिनियाँ नागरिक थिए।
तर सबैलाई सधैँ पैसा कमाइरहन कहाँ सक्छन् र!
अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति यसपालि स्वाट्टै घटेको छ।
फोर्ब्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन्। अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन्। सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो अहिले त्यो घटेर २.४ अर्ब डलरमा पुगेको छ।
पछिल्लो समय उनले रिटेल लोकेसन, होटेल र गल्फ रिसोर्टमा धेरै सम्पत्ति गुमाएका छन्।
नेपाली धनाढ्य विनोद चौधरीको स्थान पनि खस्कियो
नेपाली उद्योगपति विनोद चौधरी विश्वको चर्चित म्यागजिन फोब्र्सको २१४१ नम्बरमा परेका छन्। फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा चौधरी २१४१ नम्बरमा परेका हुन। अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ।
सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ)मा रहेको छ। वाइवाइको उत्पादन भारत, सर्बिया, बंगलादेशमा हुन्छ भने इजिप्टमा पनि उत्पादनका लागि संरचना निर्माण भइरहेको छ।
संसारकै धनाढ्य सूचीको पहिलो स्थानमा भने अर्बपति अमेजनका जेफ बेजोस छन्। उनको सम्पत्ति १ खर्ब ८८ अर्ब अमेरिकी डलर पुगेको फोर्ब्सले जनाएको छ। उनको सम्पति एक वर्षअघिको तुलनामा ६४ अर्ब डलरले बढेको छ।
यता टेस्लाका प्रमुख एलन मस्क दोस्रो स्थानमा रहेका छन्। उनको सम्पत्ति १ खर्ब ६९ अर्ब डलर रहेको छ। गतवर्ष उनी ३१औं नम्बरमा थिए।
तेस्रो स्थान बर्नार्ड आर्नल्ट रहेका छन्। फ्रेन्च लक्जरी सामान व्यापारी आर्नल्टको सम्पत्ति १ खर्ब ६३ अर्ब डलर छ। यता चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन्। उनको सम्पत्ति १ खर्ब २९ अर्ब डलर छ।
फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब ११ अर्ब डलर छ। उनी सूचीमा पाँचौँ स्थानमा रहेका छन्। यस्तै बर्कशाइर हाथावेका वारेन बफेट छैठौँ स्थानमा छन्। उनको सम्पत्ति ९९ अर्ब डलर छ।
९८ अर्ब डलर सम्पत्तिका मालिक ल्यारी एलिसन सातौँ स्थानमा छन्।