हप्तामा १४ युनिट रेड वाइन सेवन गर्ने मानिसलाई मोतियाविन्दु खतरा कम

बेलायतमा गरिएको एउटा अध्ययनमा हप्तामा १४ युनिट रेड वाइन सेवन गर्ने मानिसलाई मोतियाविन्दु (Cataracts) को खतरा कम हुने देखाएको छ । हरेक हप्ता धेरैमा ६ ग्लास रेड वाइन पिउने गरेको छ भने अझ बढी फाइदा हुने अध्ययनमा देखाइएको छ ।

NHS को अध्ययन अनुसार रेड वाइनका मोडरेट ड्रिंकर्सलाई मोतियाविन्दु हुने सम्भावना २३ प्रतिशत कम हुने समेत जनाइएको छ । साथै रेड वाइन वा रक्सी सेवन नगर्नेमा यो खतरा ज्यादा देखिएको छ । वाइनमा केही यस्ता एण्टी अक्सीडेन्टस हुन्छन् जसले आँखामा हुने मोतियाविन्दु बाट टाढा राख्ने काम गर्छ ।

मोतियाविन्दुमा आँखाको नानीको वरपर धमिलो जालो बन्ने गर्छ । जसका कारण आँखा कम देखिने हुन जान्छ । यो धेरैजसो वयस्क मानिसलाई हुने गरेको पाइन्छ । यस्तोमा मोतियाविन्दुकाे उपचार भनेको शल्यक्रिया नै हो । बेलायतमा हरेक वर्ष ४.५० लाखभन्दा धेरै मोतियाविन्दुकाे शल्यक्रिया हुने गरेको छ ।

लण्डनको मूरफिल्ड आइ हस्पिटल तथा युनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकले ४.९२ लाख मानिसको मेडिकल तथा लाइफस्टाइलको अध्ययन गरेका थिए । यी मानिसलाई बेलायतको बायोबैंकले गरेको एक अध्ययनमा सामेल गराइएको थियो ।

अध्ययनमा जो मानिस हप्तामा १४ युनिट रेड वाइन पिउने गर्छन उनीहरुमा मोतियाविन्दुकाे शल्यक्रिया गर्नु नपरेको पाइएको थियो । एपिक नरफोल्क अध्ययनका अनुसार बियर वा स्कच पिउनेभन्दा वाइन पिउनेलाई फाइदा हुने देखिएको बताइएको छ ।

अध्ययनमा हप्तामा पाँच वा छ पटक रेड वाइन पिउनेको तुलनामा सेवन नगर्ने मानिसलाई मोतियाविन्दुकाे खतरा २३ प्रतिशत धेरै रहेको समेत देखाइएको छ । त्यस्तै युके बायोटेक स्टडीका अनुसार बियर तथा स्कच पिउनेहरूलाई यो खतरा १४ प्रतिशत मात्रै कम हुने पाइएको छ ।

यस अध्ययनका प्रमुख शोधकर्ता डा.शेरोन चुआका अनुसार मोतियाविन्दु त्यसबेला विकसित हुन्छ जब उमेरको साथमा शरीरको अक्सीडेटिभ स्ट्रेस घट्न जान्छ । तर, जसले अल्कोहल वा पिउने गर्छ उनीहरुको शरीरमा पॉलीफिनॉल एंटी-अक्सीडेंट्स (Polyphenol Antioxidants) हुन्छ जसले अक्सीडेटिभ स्ट्रेस कायम राख्न मद्दत गर्छ । पॉलीफिनॉल एंटी-अक्सीडेंट्स रेड वाइनमा धेरै हुने गर्छ । डा. शेरोनको यो अध्ययन ऑप्थैलमोलॉजी (Ophthalamology)जर्नलमा प्रकाशित गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धाता डा.एन्थोनी ख्वाजाका अनुसार जसको शरीरमा अल्कोहल निकोटिनको मात्रा धेरै हुन्छ उनीहरुमा मोतिबिन्दुको शल्यक्रिया गराउनु नपर्ने देखिएको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…