विकास निर्माणका काम देखेर प्रेसर बढेको हो भने अझै बढ्नेछ : सांसद बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विकास निर्माणका काम केहीको प्रेसर बढेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् बाँस्कोटाले विकास निर्माणका कामहरू देखेर कसैको प्रेसर बढेको भए त्यो अझै बढ्ने बताएका हुन् ।

उनले भने,’जनतचाले विकास चाहेका हुन् । आरोपमा मात्रै समय बर्बाद नगरौं । मेलम्चीको पानी आएको जनताले टुटी खोलेर पिउन थालिसके । विकास निर्माणका योजनाहरू देखेर काम अगाडि बढेको देखेर प्रेसर बढेको छ भने यो प्रेसर अझै बढ्नेवाला छ । ‘

उनले सरकार कामचलाउ नभएको पनि बताए । ‘सरकार कामचलाउ के भन्या ? कसरी हुन्छ कामचलाउ ? अहिले गठन भएको जगभित्र के छ ?,’ बाँस्कोटाले भने,’समर्थन आफू गर्ने फिर्ता लिन नसक्ने ! अर्को सरकार बनाउनका निम्ति एकदलीय दुई दलीय तीन दलीय बनाउने भन्ने एजेन्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी काम चलाउ भयो ? ‘

सरकार कामचलाउ हुनलाई माओवादी केन्द्रले विश्वासको मत झिक्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘समर्थन फिर्ता लिनुस् त्यसपछि अर्को विषयको सुरुवात हुन्छ । आफैं अड्काउने आफैं पड्काउने के गर्ने हो आफैं गर्नुस् । राजनीतिक मुद्दा लिएर जनतामा जान सबै खुला छन् । ‘

‘जनताका बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?,’ उनले भने,’द्वन्द्वकालमा शाही शासनकालसँग छलफल गरेको अग्रगमन हो ?’

मुलुकलाई निकास दिन नसक्ने अवस्थामा ताजा जनादेशको विकल्प नभएको उनले बताए । प्रधानमन्त्रीले वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर संसद् विघटन गरेको पनि सांसद बाँस्कोटाको दाबी थियो ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…