ओली टेम्पो हाँक्ने मान्छे हुन्, पार्टीमा ट्रक हाँक्ने नेता चाहिएको छ : घनश्याम भुसा

काठमाडौं। एमाले नेता घनश्याम भुसालले पार्टीमा ट्रक चलाउने मान्छे आवश्यक भएको बताएका छन्। उनले पार्टीमा ट्रक चलाउने मान्छे चाहिएको भएपनि ट्याम्पो चलाउने मान्छे हुँदा पार्टीमा समस्या भएको बताए।

शनिबार खनाल–नेपाल समूहको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही व्यक्ति, सांसद् वा प्रतिनिधि कारबाहीमा पर्नु ठूलो कुरा नभएको भन्दै पार्टी दलाल पुँजीवादको चंगुलमा फस्नु ठूलो कुरा भएको बताए।

भुसालले भने,‘नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो। अघि एकजना साथीले यहाँ भनेजस्तै चलाउनुपर्ने ट्रक थियो,टेम्पो हाँक्नेले जित्यो।’

उनले ओली पार्टी विभाजनका लागि उद्धत रहेको आरोप बताए। ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको उनले बताए। राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…