मेरो हैसियत प्रधानमन्त्री भन्दा माथि छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रियामा माआवादीको भूमिका निर्णायक हुने बताउनुभएको छ ।

कपिलबस्तुमा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन प्रक्रियामा माओवादीले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । कहिलेकाहीँ प्रधानमन्त्री हुने नहुने भन्ने कुरा महत्वपूर्ण नहुने उहाँले बताउनुभयो । भारतमा महात्मा गान्धी प्रधानमन्त्री र राष्ट्रपति नभएर पनि उहाँको स्थान उच्च रहेको उहाँले उदाहरण दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा संघीय लोकन्तन्त्र स्थापनामा आफ्नो भूमिका कुनै प्रधानमन्त्री वा राष्ट्पतिको भन्दाकम नभएको बताउनुभयो । ‘ म संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न र संविधानलाई कुल्चने प्रयासलाई परास्त गर्न नेतृत्व गरिरहेको छु , मेरो स्थान प्रधानमन्त्री भन्दा माथि नै छ, तल छैन’, उहाँले भन्नुभयो ।

नेपालको अहिलेको संविधान पूर्ण नभए पनि त्यसले धेरै कुरा सम्बोधन गरेको उहाँले बताउनुभयो । नेपालका सामन्तहरुलाई संघीय शासन प्रणाली, समावेशीता, शिक्षा, स्वास्थ्यको अधिकार लगायत मौलिक अधिकार सहितको संविधान स्वीकार्य नभएकोले अहिले त्यसलाई समाप्त गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँले रुसमा कम्युनिष्ट पार्टीका महासचिवले नै कम्युनिष्ट पार्टी विघटन गरेको बताउँदै नेपालमा पनि केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी समाप्त गर्न खोजेको बताउनुभयो । उहाँले संविधानबाट प्राप्त उपलब्धिलाई प्रधानमन्त्रीले समाप्त पार्ने षडयन्त्र गरेको आरोप समेत लगाउनुभयो ।

प्रतिनिधि सभा पुर्नस्थापनालाई आफूले जीवन मरणको प्रश्न बनाएर लडेको प्रचण्डले बताउनुभयो । दुई महिना संघर्ष गरेर प्रतिनिधि सभा पुर्नस्थापित गरेको उहाँले बताउनुभयो । ‘यो नयाँ खालको जनयुद्ध नै थियो’, उहाँले भन्नुभयो ।

अझै चुनौती र जटिलता बाँकी रहेको प्रचण्डको भनाइ छ । ‘पहिलो व्याटल त जितियो तर युद्ध बाँकी नै छ’, उहाँले भन्नुभयो ।

इतिहासमा मधेश विरोधी कोही मानिस छ भने त्यो केपी ओली नै भएको उहाँले बताउनुभयो । केपी मधेशी जनताको नाम सुन्न समेत तयार नरहेको उहाँको आरोप छ । केही मधेशका मसियाहरु मन्त्री हुनको लागि मधेश विरोधी शक्तिसँग साँठगाँठ गर्न लागेको पनि उहाँले आरोप लगाउनुभयो ।

उहाँले नेपाल भारत सिमानाको समस्या समाधानको लागि आफूले प्रयत्न गर्ने पनि बताउनुभयो । नयाँ सरकार बनेसँगै सिमासमस्या समाधान हुने उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…