मुख्यमन्त्री लालबाबु राउतको घोषणा : नयाँ उद्योगलाई तीन वर्ष कर लिन्नौं

पर्सा ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक उद्योग ऐन आएपछि प्रदेशमा स्थापना हुने नयाँ उद्योगसँग तीन वर्ष कर नलिने घोषणा गरेका छन् ।

‘प्रदेश सरकारले उद्योग ऐन तयार गरिसकेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमका अवसरमा शुक्रबार उनले भने, ‘ऐन जारी भएपछि उद्योग दर्ता र तीन वर्षसम्म उद्योगलाई कुनै कर नलाग्ने सुविधा दिनेछौं ।’

प्रदेश उद्योगमा २० वर्षसम्म बन्द–हडताल गर्न नपाइने प्रावधान पनि ल्याइने उनले बताए । संघ सरकारबाट अझै पनि प्रदेश सरकारलाई असहयोग रहेको उनको भनाइ छ । व्यवस्था परिवर्तन भए पनि राज्य सञ्चालन गर्नेको मानसिकता पुरानै रहेको उनको आरोप छ ।

‘संघीय सरकारको नीति, ऐन र कानुन अवरोध नै मुलुकको विकासको मुख्य बाधक हो,’ उनले भने, ‘मुलुकको आर्थिक विकास गर्न यहाँको कानुन लगानीमैत्री हुनुपर्छ । तर मुलुकका सबै निकायमा लुटेरा मात्र भए कसरी हुन्छ आर्थिक विकास ?’

सरकारको व्यवहार लगानीकर्ताप्रति सधैं नरम हुनुपर्ने उनको भनाइ छ । संघीय सरकारले प्रदेश २ को आर्थिक विकासमा अवरोध गरिरहेको आरोपसमेत उनले लगाए । ‘वीरगन्ज–सिमरा–जितपुर ६ लेन सडक जस्तै हामीले प्रदेशमा आधा दर्जन ६ लेन सडक निर्माण गर्ने योजना तयार गरेका थियौं ।

तर संघीय सरकारले कोरोना महामारीको बहानामा हाम्रो ६ अर्ब रुपैयाँ कटौती गरिदियो,’ उनले भने, ‘चौधरी समूहसँग प्रदेश २ मा २ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने विषयमा संघीय राजधानीमा एक औपचारिक कार्यक्रममा म आफैंले लिखित सम्झौता गरिसकेको अवस्थामा चौधरी समूहलाई हतोत्साहित गरेर उक्त परियोजनाबाट पछि हट्न बाध्य पारियो ।’

गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति

संघको ४५औं वार्षिक साधारणसभाले सुबोध गुप्ताको नेतृत्वमा संघको नयाँ कार्यसमिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, द्वितीय उपाध्यक्ष हरि गौतम, तृतीय उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठलगायत छन् । फाइल फोटो 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…