कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा

थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

मनोनयन सार्वजनिक गर्दै एएफसीको वेबसाइटमा लेखिएको छ, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलको लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो। तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गऱ्यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो।

त्यो सफलताको केन्द्रमा गोलकिपर एवम् कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा (दुई खेलमात्रै अन्तर्राष्ट्रिय) एक गोलमात्रै बेहोरे र सुनिश्चित –नेपालको जित) गर्दै विराज महर्जनको बिदाइलाई भव्य बनाइदिए।’

आफ्नो कप्तानीमा पहिलो उपाधि जितेका ३१ वर्षीय किरणले भने, ‘एसियाकै उत्कृष्ट खेलाडीहरूसागै साताकै १० उत्कृष्ट खेलाडीको सूचीमा पर्नु मेरो जीवनकै उपलब्धि हो। थ्री नेसन्स कपको उपाधिसम्म पुग्न टिमका साथी, सहकर्मीहरूको मेहनत र एकसाथ पाएको सफलताले मलाई यो अवसर मिलेको हो। उनीहरूसहित मलाई, फुटबललाई माया गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद।’

दुई वर्षअघि कप्तान बनेका किरणको नेतृत्वमा नेपालले पहिलो उपाधि हात पारेको हो। त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए, जहाा राउन्डग्लास पञ्जाबका १४ खेलमा ७ ‘क्लिनसिट’ राखेका थिए।

उनले क्लब फुटबलमा नेपालको सहिद स्मारक ए डिभिजन लिग, माल्दिभ्सको धिवेही लिग र भारतको आई लिगको उपाधि जितेका छन्। र, त्रिदेशीय लिग जित्ने उनी पहिलो नेपाली हुन्। पाँच वर्षयता विदेशकै लिगमा व्यस्त रहेका उनीसँग बंगलादेशको लिग खेलेको अनुभव पनि छ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…