प्रचण्ड बाहेक कुनै पनि नेताले सहजै पद त्यागेका छैनन् : पूर्वसचिव भिम उपाध्याय

काठमाडौँ। पूर्व सचिव भिम उपाध्ययले आजसम्म कुनै पनि प्रधानमन्त्रीले सजिलोसँग पद नछोडेको बताएका छन्। सामाजिक सञ्जालमा व्यस्त रहने उपाध्यायले सामाजिक सञ्जालको फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन्।

नेपाली राजनितिमा इमान्दार तथा भलाद्मी छवि बनाएका नेता मनमोहनले समेत कुसी मोह देखाएको उल्लेख गर्दै उनि लेख्छन्, आजसम्म दुई पटक प्रम भए र दुबै पटक सर्लक्क सजिलै प्रम पद त्याग्ने र सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने नेता प्रचण्ड मात्रै भएका छन्।

नेताहरुको पदलिप्सालाई संकेत गर्दै प्रचण्डबाहेक अरु सबै नेताहरुले गलहत्याएपछि मात्रै पद छोडेको पनि उल्लेख गरेका छन्। शान्ति सम्झौता पछि प्रचण्डले धेरै नेताहरुलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनि थप्छन, यी कसैले पनि सजिलै प्रम पदबाट राजीनामा दिएका थिएनन्, बडो सकसका साथ कनीकनी मात्र प्रम पदबाट हटेका थिए।

यस्तो छ उनको फेसबुक स्टाटस

सजिलैसंग पद आजसम्म कुनै प्रमले पनि छाडेका छैनन्, भलाद्मी प्रम मनमोहनले त छाडेनन्। आजसम्म दुई पटक प्रम भए र दुबै पटक सर्लक्क सजिलै प्रम पद त्याग्ने र सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने नेता प्रचण्ड मात्रै भएका छन्।

प्रचण्डबाहेक अरू सबै प्रमहरूलाई गलहत्याएपछि मात्र पद छाड्दै आएका छन्। शान्ति सम्झौतापछि गिरिजा, ओली, बाबुराम, माधव, झलनाथ, सुशिल, शेरबहादुर, खिलराज- यी सबैलाई प्रचण्डले नै प्रम बनाएका हुन्। यी कसैले पनि सजिलै प्रम पदबाट राजीनामा दिएका थिएनन्, बडो सकसका साथ कनीकनी मात्र प्रम पदबाट हटेका थिए।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…