नेपालमै पहिलोपटक ‘रोबटबाट न्युरो सर्जरी’ गर्ने केएमसी अस्पतालको तयारी

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले ‘रोबटिक सर्जरी’ थाल्ने भएको छ। उसले यो प्रविधि नेपालमै पहिलोपटक भित्र्याइएको दाबी गरेको छ।

‘रोबट मेसिन’ ल्याएर ‘रोबटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ। ‘रोबटिक सर्जरी’का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरिएको दाबी गरेको छ।

तर, यो उपकरण भने केएमसीले काठमाडौं ल्याइसकेको छैन। ‘मेसिन आउने क्रममा छ, केएमसीबाट डेढ महिनाभित्र ‘रोबटिक सर्जरी’ थालिने छ,’ केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने। शर्माले न्युरो सम्बन्धित सबै शल्यक्रियामा रोबट प्रयोग गरिने बताए।

‘नेपालमै पहिलोपटक हामीले रोबटिक सर्जरी थाल्दैछौं,’ शर्माले भने, ‘अमेरिकाबाट मेसिन खरिद भइसकेको छ। प्राविधिक पक्ष मिलाउँदैछौं। डेढ महिनाभित्र नेपालमै पहिलोपटक न्युरो सर्जरीमा रोबट प्रयोगमा ल्याउँदैछौं।’

त्यसपछि अन्य शल्यक्रियामा पनि रोबटको प्रयोग गर्ने उनको भनाइ छ। ‘रोबटिक सर्जरी’मा चिकित्सकले बनाएको योजनाअनुसार रोबटको सहायताले अप्रेसन गरिने उनले बताए।

यो प्रविधि सूक्ष्म र जटिल शल्यक्रियामा प्रयोग हुने र यसले अप्रेसनमा धेरै सहजता प्रदान गर्ने केएमसीका वरिष्ठ न्युरो सर्जन प्रा.डा. अमित थापाले बताए।

‘रोबटले नै सबै अप्रेसन गर्ने भने हैन, सर्जनले योजना बनाएर रोबटको सहायता लिएर अप्रेसन गर्ने हो। सानो-सानो अगंमा पुगेर गरिने सूक्ष्म अप्रेसनमा सर्जनको हात काम्न सक्छ, त्यस्तो अवस्थामा रोबटको सहायता लिँदा काम उत्कृष्ट हुने हुनाले सर्जनलाई सजिलो हुन्छ,’ डा.थापाले भने, ‘सानो प्वाल बनाएर गर्नुपर्ने अप्रेसन, शरीरको संवेदनशील अंगमा पुगेर गरिने जटिल अप्रेसनहरूमा रोबटको निकै ठूलो भूमिका हुन्छ। जसका कारण अप्रेसनको नतिजा उत्कृष्ट आउँछ।’

उनको दाबी अनुसार नेपालका कुनै अस्पतालमा हालसम्म ‘रोबटिक सर्जरी’ छैन। अत्याधुनिक र भरपर्दो मानिने भएकाले केएमसीमा पहिलोपटक सुरू गर्न लागिएको उनको दाबी छ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…