नयाँ अध्यन भन्छ, चिया पिउने बानीले बुढेसकालको डिप्रेसन घटाउछ

बुढेसकाल लाग्दै जाँदा देखापर्ने एउटा प्रमुख समस्या डिप्रेसन पनि हो । ६० वर्ष उमेर कटेकाहरुमध्ये करिब ७ प्रतिशतलाई यो समस्या हुने गर्छ ।

बुढेसकालमा किन डिप्रेसनको समस्याले सताउँछ भन्नेबारेमा विभिन्न अध्ययनअनुसन्धानहरु भएका छन् र भइरहेका पनि छन् । ती अध्ययअनुसन्धानहरुले देखाएअनुसार त्यसरी बुढेसकालमा मानिस डिप्रेसनको शिकार हुनुमा आनुवंशिकता, सामाजिक–आर्थिक हैसियत, परिवारका सदस्यजन तथा आफ्नो जीवनसाथीसँगको सम्बन्ध र समाजको अवस्थाले भूमिका खेल्ने देखिएको छ ।

बुढेसकाल र डिप्रेसनका बारेमा अनुसन्धान गर्ने क्रममै एउटा रोचक तथ्य पनि प्रकाशमा आएको छ । नेशनल युनिभर्सिटी अफ सिंगापुर (एनयुएस) र सांघाईको फुदान युनिभर्सिटीले चीनका बुढाबुढीहरुमा गरेको एउटा अध्ययनमा बुढाबुढी उमेरका मानिसहरुको नियमित रुपमा चिया पिउने बानी र डिप्रेसनका बीचमा महत्वपूर्ण सम्बन्ध रहने देखाएको छ । त्यसअनुसार, नियमित रुपमा चिया पिउने बृद्धबृद्धाहरुमा गज्जबका साथ डिप्रेसनको समस्या कम हुने देखिएको छ ।

त्यसो त यस अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरु अहिले नै बुढेसकालमा हुने डिप्रेसन अझ विशेष गरेर बुढेसकालको मानसिक स्वास्थ्य र चिया पिउने बानी बीचको सम्बन्धका बारेमा निष्कर्षमा पुगिसकेका छैनन् । तरबीएमसी जेरियाटिक्समा प्रकाशित उनीहरुको अध्ययनको खोजले तिनका बीच बलियो सम्बन्ध हुने देखाएको छ ।

बुद्धहरुका माझ चिया पिउने कुरा निक्कै लोकप्रिय छ । पछिल्ला विभिन्न अध्ययनहरुले पनि चियाको सम्भाव्य फाइदाहरुका बारेमा खोजतलास गरेका छन् ।

एजिंगमा प्रकाशित नेशनल युनिभर्सिटी अफ सिंगापुरकै अर्को अध्ययनले पनि चियामा हुने तत्त्वहरुले मानिसको मस्तिष्कको कार्यलाई स्वस्थ राख्ने देखाएको थियो ।

सो अध्ययन रिपोर्टमा चियामा हुने क्यातेचिन (catechin),, एल–थियानिन (L-theanine) र क्याफिन (caffeine)ले मानिसको मुडमा, मस्‍तिष्कको कार्यक्षमतामा, मुटुको स्वास्थ्यमा, क्यान्सरको प्रतिरोधमा र मृत्युदरमा सकारात्मक असर पार्ने देखिएको थियो ।

तर डिप्रेसन हटाउने सवालमा चियाको भूमिका चाहिँ ठोस रुपमा के हुन्छ भनेर व्याखय गर्न गाह्रो छ । खासगरी, चीन जस्तो देशमा चिया पिउने क्रममा हुने सामाजिक अन्तक्र्रियाले केही मात्रामा वा पूर्ण रुपमा नै चिया पिउने बानीले दिने फाइदाहरुमा योगदान गरिरहेको पनि हुन सक्छ ।

उक्त अध्ययन १३ हजार व्यक्तिहरुमा गरिएको सन् २००५ देखि २०१४ को बीचमा गरिएको थियो । त्यस क्रममा चिया पिउने बानीले डिप्रेसन घटाउने बारेमा पर्याप्त मात्रामा सम्बन्ध फेला परेको थियो ।

डिप्रेसन घटाउनमा योगदान गर्ने अरु पक्षहरुमा शहरी भेगमा बसोबास, शिक्षित अवस्था, विवाहित रहेको अवस्था, आर्थिक रुपमा सक्षम, तुलनात्मक रुपमा स्वस्थ र सामाजिक अन्तरघुलुन पनि पर्दछन् ।

सोही अध्ययनले के पनि देखायो भने चिया पिउनुको धेरै फाइदा चाहिँ ६५ देखि ७९ वर्षका पुरुषहरुमा बढी रहेको देखियो ।

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…