काँग्रेसको निर्णयपछि देशको राजनीति फेरियो, अब सरकार बन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिले कोल्टे फेरेको बताएका छन् ।

शनिबार कपिलबस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ ।’

शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो ।

प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)ले मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएकाे पनि बताए ।

केपी ओलीले प्रधानमन्त्री छोड्नुहुन्न भने हामी हटाउँछौँ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि अठोट लिएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गर्नुभएको छ । संसद र संविधानलाई प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं ।’

पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह पनि गरे । उनले, भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो । तर काँग्रेसले सत्ताभन्दा व्यवस्थालाई बढी महत्व दिएको पौडेलको भनाइ छ ।

‘सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,’ उनले भने, ‘व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं ।’

७० वर्ष लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुलाई ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेको पौडेलको आरोप छ ।

उनले मुलुकलाई जोखिमबाट जोगाउन काँग्रेसले सरकार परिवर्तनको अठोट लिएको बताए । ‘हामी यो सरकारको विकल्प चाहन्छौं । ७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिँदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं,’ उनले भने ।

पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि लिएको अठोटलाई सत्तामा जान खोजेको रुपमा भने नलिन पनि आग्रह गरे । ‘सत्ता परिवर्तनको अठोटलाई सत्तामा जानुभन्दा पनि राष्ट्रलाई जोगाउने प्राथमिकता हो,’ पौडेलले भने ।

 

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…