चुनावमा नगई देश अगाडि बढ्नै नसक्ने प्रधानमन्त्रीको जिकिर

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले चुनावमा नभइ देश अघि बढ्नै नसक्ने जिकिर गर्दै ढिलोचाँडो निर्वाचन भइ छाड्ने बताए ।

‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो’, उनले भने, ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’

यो कुरा जनताले फैसला गर्ने विषय भएकाले जनतामा जानै पर्ने उनको भनाइ छ । ‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’

उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप पनि लगाए । आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको पनि उनको दावी छ ।

आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्कवितरर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ । उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…