पत्रकारले मेलम्ची पानीको रिपोर्टिङ राम्रोसँग नगरेको भन्दै रिसाए प्रधानमन्त्री ओली

काठमाडौं । ‘काठमाडौंमा नै संवाददाता छैन, लाइभ हेर्ने रिपोर्टर छैन । यस्ता छन् पत्रकार । तर, यस्ताहरु छन् । मामुली कुरा उचाल्छन् तर, राष्ट्रिय महत्वका कुरा उठाउँदैनन् । मेलम्ची काठमाडौंमा पानी आउने कुरा युगान्तकारी कुरा हो । राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् ’

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बालुवाटारमा पत्रकारहरुविरुद्ध खनिनु भयो । एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ कार्यक्रममा बोल्दै मामुली कुरा उचाल्ने तर, राष्ट्रिय महत्वका कुरा नउठाउने भन्दै पत्रकारको झाँको झार्नुभयो ।

मिडियाले मेलम्ची खानेपानीको विषयलाई महत्वका साथ प्रकाशित नगरेर अतिरञ्जित गरेकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको छ । उहाँका अनुसार देशमा त्यस्तो खालको राष्ट्रिय महत्वका कुरा उठाउने मिडिया नै नेपालमा छैन ।

यसअघि उहाँले भन्नुभयो, ‘काकाकुल भनिएको काठमाडौंलाई तृप्त बनाउका लागि मेलम्चीको पानी त ल्याइयो । हामीले भगिराथले गंगा ल्याएको भनिएको सुनिएको त थियो । हामीले मेलम्चीको पानी ल्याएर देखायौँ ।’

सरकारले गरेको सिन्को भाँचेको नदेखेको पनि उहाँको आरोप छ । गरेको काम नदेख्ने तर, राजनीति भाँड्ने काम गरेको, नेवारी संस्कृति विनाश गर्न लागेको भन्दै नेवारहरु उठ्नुपर्यो, फाँसीवाद आयो भनेर भन्ने गरेको उहाँले बताउनुभएको छ ।

५७ करोड १० लाख लागतमा १ सय ६५ सडक सञ्जाल निर्माण योजना अघि बढाइएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । साथै, अबको ३ वर्ष अर्थात् २०८० भित्र यी सडक योजनाहरु निर्माण गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शिलान्यास गरिएका १ सय ६५ वटा सडक निर्माणका योजनाहरु समयमै सम्पन्न भएको हेर्न चाहन्छु । कार्यसम्पादन, पुँजीगत खर्चको समयमै सदुपयोग, गुणस्तरीय हुन आवश्यक छ । साथै, आयोजनासँग सम्बन्धित मन्त्रालय, विभाग र सरोकार निकायहरुलाई समयमै काम सम्पन्न र राम्रोसँग रेखदेख गर्न अनुरोध गर्छु ।’

यदि समयमै काम सम्पन्न नभएको अवस्थामा पर्ने प्रतिकूल असरमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ रहेको छ । विकास सरकारको मात्र नभएर सबै तह र निकायको साझा सरोकारको विषय रहेको पनि उहाँले बताउनुभयो ।

विकास निर्माणप्रति अत्यन्त संवेदनशिल भए अघि बढ्नुपर्ने बताउनुभएको छ । काम गर्ने सिलसिलामा बीचमा अवरोध भए छानबिन हुँदै जाने तर, काम रोक्न नपाइने उहाँले बताउनुभयो ।

यसबीचमा कति बाटा निर्माण भएका छन् ? भन्ने सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङबाट जानकारी पाएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…