चिकित्सकले शल्यक्रिया गर्दा पेटमै कपडा छोडेपछि दश महिनादेखि थला परेकी छन् डोमा विश्वकर्मा

काठमाडौं । शल्यक्रिया मार्फत प्रसूति गराएकी सोलुखुम्बुकी २९ वर्षीया डोमा घताने दश महिनादेखि थला परेकी छन् । प्रसूतिको क्रममा सोलुखुम्बुकै फाप्लु अस्पतालका चिकित्सकको लापरबाहीका कारण डोमा थला परेकी हुन् ।

नाबालक छोरालाई काखमा च्याप्ने, दुध चुसाउने रहर डोमाको रहर अझै पूरा भएको छैन । बरु महिनै पिच्छे शरीर चिरफार मात्र भइरहेको छ । हालसम्म ७ वटा अप्रेसन भइसक्यो । तर, स्वास्थ्यमा सुधार हुन सकेको छैन । पटक–पटक अप्रेसन गर्दा अन्तमा आ’न्द्रा नै चुँडिएपछि अवस्था झन् धरासायी बनेको छ ।

बच्चा जन्माउने बित्तिकै बेहोस भएकी डोमाको दुईदिनपछि होस खुल्नेबित्तिकै डिस्चार्ज गरियो । त्यसबेला शरीरमा भएको सामान्य दुखाइलाई उनले गम्भीर रुपमा लिइनन् । विस्तारै ज्यान सुक्दै गयो । ६५ किलोग्राम वजन भएकी उनी ३५ किलोग्राम पुगेपछि उपचारको लागि ओखलढुङ्गाको मिसन अस्पताल पुगिन् ।

डाक्टरले पिप भरिएको छ भन्दै २ पटक शल्यक्रिया गरे । स्वास्थ्यमा सुधार आउने छाँटकाट देखिएन । यसपछि उनलाई टिचिङ अस्पताल महाराजगन्ज रिफर गरियो । तर, लकडाउनका कारण नजिकै रहेको बौद्ध स्थित स्तुपा अस्पताल मात्र जान सकिन् । पेटमा कपडा भएको पत्ता लाग्यो । डाक्टरले आन्द्रामा कपडा बेरिएको जानकारी दिएको बिरामीका श्रीमान् सुनिल विश्वकर्मा बताउनुहुन्छ ।

घ’ट’ना लगत्तै उपचारमा संलग्न फाप्लु अस्पतालका डाक्टर दिलिप कुमार सा’हले नेपालगन्ज सरुवा लिए । अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष वीरकुमार राई, निर्देशक शानी शेर्पा र डाक्टर मिङ्मा गुरुङले बिरामीलाई ध’म्की दिन थाले । दुधकुना नगरपालिकाका मेयरलाई समेत अस्पताल प्रशासनले ध’म्की दिएपछि उनले प्रहरीमा उजुरी गर्न सुझाव दिएको श्रीमान् विश्वकर्माको भनाइ छ ।

फाप्लु अस्पतालले यसअघि पनि पटक–पटक सुत्केरीलाई पि’ट्ने, बच्चाको टाउको ता’नेर मा’र्ने जस्ता आ’परा’धिक क्रियाकलाप गर्र्दै आइरहेको स्थानीयको दाबी रहेको छ । सुत्केरी गराउने क्रममै ला’पर’बाही गरिएकी डोमा दलित भएकै कारण उनीमाथि थप अन्यायका श्रृंखला जारी रहेको स्थानीय विजय घिमिरेको आ’रोप छ ।

डाक्टरको सामान्य त्रुटिका कारण डोमाको समस्या बढ्दै गएर अहिले ज्या’न नै जोखिममा परेको छ भने उपचार गर्दा गर्दै सम्पति समेत सकिसकेको छ । थप उपचार कसरी गर्ने भन्ने पिरलो खेपिरहेकी डोमाले ला’रबाहीका कारण ब्यहोर्नु परेको क्षतिको क्षतिपूर्ति कसले दिने ?

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…