वर्षाले छाडेको फिल्म गरिमालाई अफर

लकडाउनअघि फ्लोरमा निस्किन लागेको फिल्म ‘सुदूर’ लकडाउनका कारण रोकियो । एक वर्षपछि सुटिङमा जान लाग्दा वर्षा सिवाकोटीले धोका दिइन् । उनले समयको कारण देखाउँदै फिल्ममा काम गर्न नसक्ने जवाफ दिइन् ।

वर्षा फिल्मबाट बाहिरिएपछि निर्देशक रमेश बुढाथोकी यति धेरै विरक्तिएका थिए कि उनी फिल्मका बारेमा कुरै गर्न चाहान्नथे । तर, बुढाथोकी वर्षाले दिएको धोका बिर्सेर पुन: एक पटक टिम बनाउन लागिपरेका छन् । उनले मंगलबार मात्र फिल्मका लागि गरिमा शर्मालाई भेटेका छन् ।

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा सार्वजनिक गरेको फोटोमा रमेश बुढाथोकी र गरिमा शर्मा अटाएका छन् । पुष्करले रमेश बुढाथोकीको नयाँ चलचित्रको छलफलका क्रममा भन्दै ती फोटो राखेका हुन् ।

टिकटक हुँदै म्युजिक भिडियोमा आएकी गरिमा शर्मा पछिल्लो समय पल शाहसँगको अफेयरका कारण पनि चर्चामा छिन् । दुई हप्ताअघि भएको प्राविधिक संघको नेफ्टा अवार्डमा पल र गरिमासँगै नाचेपछि दुवैको अफेयरको खबरले औपचारिकता पाएको थियो ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…