अस्पताल जलिरहँदा डाक्टरहरुले बिरामीको मुटुको अपरेशन गर्न छाडेनन्

मस्को । रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।

आगो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्पतालबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । साथै अपरेशन चलिरहँदा अग्नी नियन्त्रकहरुले आगो निभाइरहेका थिए । तर आगलागीका कारण कोही पनि घाइते नभएको बताइएको छ ।

रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्पतालमा यस्तो घटना भएको हो । आगो लागिरहँदा ती बिरामीको अपरेशनमा ८ जना चिकित्सक र नर्स खटेका थिए । आगो लाग्नुभन्दा केही समयअघि मात्रै सुरु गरिएको शल्याक्रिया २ घण्टासम्म चलेको बताइएको छ । रुसी सरकारका अनुसार उक्त अस्पताल १९०७ मा बनेको थियो । अस्पतालमा काठ समेत जडान गरिएको थियो ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…