ट्राफिक सिग्नलमा रातो र हरियो दुवै बत्ती बलेपछि …

काठमाडौं । ट्राफिक सिग्नलमा रातो बत्ती बले सवारी-साधन रोक्ने र हरियो बले हिँड्ने नियम छ । तर, हरियो र रातो एकैपटक बल्यो भने के गर्ने ? आजभोलि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउने चालकले यस्तै समस्या व्यहोरिरहेका छन् ।

बिहीबार साँझ बानेश्वर चोकमा यस्तै भयो । एकै पटक दुईथरी संकेत दिने बत्ती बलेपछि चालक अलमलमा परे । तर, अगाडि विजुलीबजारतिर जाने सवारी-साधन नरोकिएकाले शंखमुलपट्टिबाट बानेश्वर जाने गाडी रोकिए ।

ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराईले प्राविधिक समस्याले त्यस्तो हुन गएको बताए । ‘दुवै लाइट त बल्नु नपर्ने हो, त्यस्तो भइरहेको छ भने म मर्मत गर्नलाई भन्छु’, उनले अनलाइनखबरसँग भने, ‘यो मर्मत गर्ने जिम्मेवारी यातायात कार्यालयको हो ।’ उनका अनुसार उपत्यकाका ३१ ठाउँमा ट्राफिक लाइट राखिएका छन्, तीमध्ये ५ वटा बिग्रिएका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…