साउदी अरब : बढी तलब पाउने लोभमा करारभन्दा फरक काम र कम्पनी नखोज्नु

काठमाण्डौ । तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको लोभमा विधिवत् रुपमा कफला प्रणाली हस्तान्तरण नभएसम्म कम्पनी छाडेर भाग्ने वा काम छोड्नु अपराध ठहरिने हुँदा दूतावासले यस्तो अनुरोध गरेको हो । यसरी कम्पनी छाडेर भागेको अवस्थामा अवैध हुन गइ स्वदेश फर्किन तथा बिरामी भए उपचार गर्न समस्या पर्छ ।

यस्तै अवैध रुपमै काम गरिरहेको अवस्थामा कार्य दुर्घटनामा परि ज्यान गएमा पनि परिवारले सामाजिक सुरक्षा जीवन बिमा मार्फत् कुनै पनि रकम पाउँदैनन् । त्यसैले सचेत हुन दूतावासले आग्रह गरेको हो ।

यस्तै साउदी लगायत अरु देशमा पनि करार अवधिभन्दा बढी बस्न पाइँदैन । त्यसैले आफ्नो करार अवधि सकिनुभन्दा अगाडि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्न बारे यकिन गर्न पनि दूतावासले आग्रह गरको छ ।

आफ्नो अकामा अरुलाई नदिन पनि दूतावासको सल्लाह छ । आफ्नो अकामा अरुले गलत प्रयोग गरेमा त्यसको दोष जसको अकामा हो उसैलाई आउँछ । यस्तै मुद्दामामिला भइ नेपाल फर्केको र फेरि साउदी जान लागेको अवस्थामा पुरानो अकामामा कुनै मुद्दामामिला भए नभएको यकिन गरेर मात्र जानुपर्छ । यदि पुरानो अकामामा त्यस्तो मुद्दा भएमा विमानस्थलबाटै पक्राउ पर्ने दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…