तेल उत्पादकहरु धम्की ! सरकारले अनुगमन र धरपकड गरे तेल आयात बन्द गरिदिन्छौं

काठमाडौं । खाने तेल उत्पादकहरुले आफूहरु माथि अनुगमन र धरपकड नर्गन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई धम्की दिएका छन् । खाने तेलको मूल्य वृद्धिबारे कारण पेस गर्न विभागले बोलाएको छलफलमा उद्योगी व्यवसायीहरुले आफूहरु माथि अनुगमन तथा धरपकड गरे तेल आयात नगर्ने र बजारमा तेलको अभाव हुने धम्की दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

तोरी, सोयबिन र सूर्यमूखी तेलको भाउ चार महिनामै प्रति लिटर ४० रुपैयाँसम्मले बढेपछि विभागले गत मंगलबार दोस्रो पटक नेपाल वनस्पती तेल उत्पादक संघका पदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा भाग लिन संघका पदाधिकारी विभाग आएको विभाग स्रोतले बतायो । ‘तेलको मूल्य बढ्नुको कारणबारे प्रश्न गर्दा उद्योगी व्यवसायीले अन्तर्राष्ट्रिय मूल्य नै प्रमुख कारण भएको दाबी गरे । प्रमाण पेस गर्न आग्रह गर्दा उनीहरुले आयात रोक्ने र बजारमा तेलको अभाव हुने धम्की दिए,’ स्रोतले अनलाइनखबसँग भन्यो ।

अन्तर्राष्ट्रिय मूल्य बढ्नु नै नेपाली बजारमा तलेको मूल्य बढ्नुको कारण रहेको दाबी गरेका उद्योगीहरुले काम गरेर खाने वातावरण नबिथोल्न पनि विभागलाई आग्रह गरेका थिए ।

उपभोक्ताको आवश्यकताका लागि कानुनअनुसार नाफा राखेर तेलको कारोबार गरेको दाबी उनीहरुले गरेको छलफलमा सहभागी एक सदस्यले बताए । संघका पदाधिकारीसँग तेलको मूल्य वृद्धि सम्बन्धमा विभागमा छलफल गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिवप्रसाद सेढाईंले स्वीकारे ।

बढेको मूल्यको कारण पेस गर्न तथा तत्काल घटाउन वस्तुपरक मूल्य समायोजन गर्न उद्योगी तथा संघ संस्थाहरुलाई निर्देशन दिइएको उनले बताए । ‘तेल उत्पादक उद्योग तथा उद्योगीहरुको संघ संस्था पारदर्शी देखिएनन्, उनीहरुको संस्था र उद्योगको सूचना प्रणाली पनि गतिलो रहेनछ,’ प्रवक्ता सेढाईंले भने, ‘सम्पूर्ण कारणसहित मूल्य वृद्धि जस्टीफाई गर्न हामीले निर्देशन दिएका छौं ।’ मूल्य वृद्धिमा कुनै कृतिम कारण नभएको दाबी उनीहरुले गरेको र विभागले त्यो प्रमाणित गर्न भनेको सेढाईंले बताए । विभागकसँगको छलफलमा संघका पदाधिकारीमध्ये को-को सहभागी थिए भन्ने परिचय भने सेढाईंले खुलाउन चाहेनन् ।

तेलको मूल्य र अनुगमन नगर्न दिएको धम्कीबारे पटक पटक सम्पर्क गर्ने प्रयास गरे पनि संघका अध्यक्ष सन्दीप अग्रवाल अनलाइनखबरको सम्पर्कमा आएनन् । पहिलो पटक फोन नउठाएका अध्यक्ष अग्रवालको फोन दोस्रो पटकबाट भने सम्पर्क हुने नसक्ने अवस्थामा पुग्यो । नेपाल खुद्रा व्यापार संघका अनुसार सबै प्रकारका खाने तेल र घ्यूको भाउ कात्तिक पछि प्रति लिटरमा २५ देखि ४० रुपैयाँसम्मले वृद्धि भएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…