सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

काठमाडौं । कतारी राजपरिवारका सदस्य शेखा अस्मा अल थानी सगरमाथा आरोहण गर्न आज बिहीवार नेपाल आउने भएकिछिन् ।

एक्स्प्लोरर ग्रान्ड स्लम भनिने विश्वको सात महाद्वीपमा रहेको सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई धुर्वमा पाइला राख्ने लक्ष्य राखेकी शेखा अस्माले यसअघि दक्षिण अमेरिकाको ६,९५९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५,८५९ मिटर अग्लो माउन्ट किलिमन्जारो आरोहण र सन् २०१९ मा सगरमाथा बेस क्याम्प सम्मको यात्रा तय गरिसकेकी छिन् ।

सफल आरोहण भए ३१ वर्षीया राजकुमारी अस्मा सगरमाथा चढ्ने पहिलो कतारी महिला र विश्वको ४७२ औं महिला हुनेछिन् ।

“यसै वर्षको अप्रिल वा मे महिनामा सगरमाथा चढ्न म मेरो जिवनको सबैभन्दा ठूलो चुनौती लिदैछु। “आरोहणको प्रयास गर्ने म केवल तेस्रो कतारी हुँ र यदि सफल भए भने म इतिहासको पहिलो कतारी महिला बन्न सक्नेछु ,” अस्माले आफ्नो वेबसाइटमा लेखेकी छिन् ।

कतार ओलम्पिक समिति अन्तर्गत मार्केटिंग तथा सञ्चार विभागका निर्देशक रहेकी अस्मा बिहीबार नेपाल आउने स्थानीय संयोजक ट्याग नेपालले बताएको छ ।

कतारी शाही परिवारकी अस्माले उनी कतारमा महिलाको सशक्तिकरणको प्रदर्शन गर्न र यस क्षेत्रका महिलाहरूको नयाँ पुस्तालाई ठूलो सपना बोक्ने प्रेरणा दिन चाहेको बताएकी छिन् । क्युएनखबरबाट

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…