महिला सैनिकले पुरुषको अण्डरवेयर लगाउनु नपर्ने, अब महिलाकै लगाउन पाउने

स्विट्जरल्याण्डका महिला सैनिकहरुले पुरुषको अण्डरवेयर लगाउनुपर्छ । तर, अब छिटै यो नियममा परिवर्तन गरिने भएको छ । अब स्विस महिला सैनिकहरुले महिलाकै अण्डरवेयर लगाउन पाउनेछन् । सेनामा महिलाको भर्ती बढाउने यस्तो निर्णय गरिएको हो । अहिलेसम्म भने सेनाको लागि निर्धारित पोसाकमा अण्डरवेयर पुरुषको मात्र स्वीकृत छ र महिलाले पनि पुरुषकै अण्डरवेयर लगाउनुपर्छ ।

बीबीसीका अनुसार महिला सैनिकलाई महिलाकै अण्डरवेयर लगाउन दिने कामको सुरुवात अर्को महिनादेखि हुनेछ । पहिलो चरणका महिलाहरुलाई जाडो र गर्मी महिनाको लागि फरक फरक किसिमका अण्डरवेयरको सेट दिइनेछ । अहिले स्विस सेनामा महिलाको सहभागिता १ प्रतिशत मात्र छ । २०३० सम्म यो संख्या १० प्रतिशत पुर्याउने गरी देशले नयाँ नियम ल्याउन लागेको हो ।

स्विस नेशनल काउन्सिलकी सदस्य मरियन बिन्डरका अनुसार महिलाहरुलाई अधिक उपयुक्त अण्डरवेयर दिइँदा महिलाहरु सेनामा भर्ना हुन प्रोत्साहित हुने अपेक्षा गरिएको छ । ‘कपडाहरु पुरुषका लागि डिजाइन गरिएका छन् तर यदि सेना अझै महिलामैत्री हुन चाहन्छ भने उचित मापदण्ड आवश्यक हुन्छ’ उनले भनिन् । महिला सैनिकहरुलाई अहिलेसम्म पुरुषका लागि बनेका अण्डरवेयर दिइन्छ जुन उनीहरुलाई ठूलो र असहज हुन्छ ।

सेनाका प्रवक्ता काज गुनार सिएभर्टले स्विजरल्याण्डको समाचार वेबसाइट वाटसनसँग कुरा गर्दै महिलाहरुलाई लागि नयाँ स्वीकृत गर्न लागिएको अण्डरवेयर जाडोका लागि लामो र गर्मीको लागि छोटो हुने बताएका छन् । देशका रक्षा मन्त्री भिओला एमहर्डले पनि यो निर्णयको स्वागत गरेका छन् । अहिले सेनाको लागि स्वीकृत पहिरन १९८० को दशकको मध्यमा स्वकिृत गरिएको थियो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…