ओलीले दिए अर्को झट्का : सुरेन्द्र र घनश्याम पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्रै बाँकी हो: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ । पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताए ।

‘यो सरकारलाई हाम्रो सर्मथन छैन,’ श्रेष्ठले भने, ‘हामीले प्राविधिकरुपमा मात्रै चिठी लेखि सकेका छैनौ ।’ सर्वोच्चको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ (२) को अनुसार भएको भन्दै उनले सरकारले आफूहरुको सर्मथन नमागेको पनि बताए।

श्रेष्ठले भने, ‘सर्वोच्चको फैसलापछि सरकार ७६ (२) को सरकार भएकाले हामीलाई अहिलेसम्म सर्मथन मागेको पनि छैन। हामीले सर्मथन दिएका पनि छैनौं ।’

केपी ओलीको सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुने आग्रह गरे। ‘सबै राजनीतिक पार्टीलाई आआफ्नो कुरो प्रष्ट रुपमा ल्याउन अनुरोध गर्दैछौं,’ श्रेष्ठको भनाइ छ, ‘केपी ओली कै सरकारमा जानु छ भने पनि गए हुन्छ तर प्रष्टसँग आउनुपर्‍यो । हाम्रो लाइन प्रष्ट छ–हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहान्छौं ।’

यही संसदलाई क्रियाशिल बनाउने चाहाना माओवादीको भएको भन्दै सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी श्रेष्ठले गराए।

‘हामी यो संसदलाई पुरा अवधि क्रियाशिल बनाउन चाहान्छौं,’ उनको भनाइ छ, ‘यही कारणले मात्रै हामीले औपचारिक रुपमा सर्मथन फिर्ता छ भनेर लेखेर दिनुभन्दा अगाडि सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आँकलन गर्ने काम गरिराखेका छौं।’

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…