दाङ हात्तीपाइले रोगको उच्च जोखिममा, आजदेखि ८५ हजारलाई औषधी सेवन कार्यक्रम चलाइने

घोराही।  दाङमा शिक्षित बर्गहरुले नै औषधी नखाँदा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको देखिएको छ । फलस्वरुप दाङमा ११ औँ चरणमा आजदेखि  हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । उपमहानगरले २० गते विभिन्न केन्द्रहरुबाट र २१ देखी २६ गते सम्म घरभेट मार्फत औषधी खुवाउने कार्यतालिका बनाएको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले बुधबार पत्रकारहरुसँग छलफलको आयोजना गरि जाने बुझेकाहरुले नै औषधी नखाँदा अभियान प्रभावित भएको बताएको छ । स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले सबै नागरिकहरुले औषधी नखाँदा अभियान लम्बिरहेको बताएका छन ।

दाङ हात्तीपाइले रोगको उच्च जोखिम जिल्लाका रुपमा देखिएको छ । जिल्लाको सबैभन्दा बढी जोखिम मानिएका चार वटा पालिकाका विभिन्न स्थानमा गरिएको नमूना परिक्षणमा एक सय ५८ जनामा हात्तीपाइले रोगको संक्रमण देखा परेको छ । घोराही उपमहानगरपालिकामा नौ सय ५३ जनामा गरिएको प्रिभ्यालेन्स सर्भेमा ३५ जनामा हात्तीपाइलेको संक्रमण देखिएको छ ।

यस्तै तुलसीपर उपमहानगरपालिकामा ६३० जनामा गरिएको परिक्षमा १६ जनामा, लमहि नगरपालिकामा ३०७ जनाको परिक्षण गर्दा १६ जनामा, राप्ती गाउँपालिकामा ३२२ जनाको नमुना रिक्षण गर्दा २९ जनामा, गढवा गाउँपालिकाको वडा नम्वर २ मा मात्रै ३३० जनाको परिक्षण गर्दा ६२ जनामा हात्तीपाइलेको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिनुभयो ।

एक लाख ८५ हजार ६ सय ९० जनालाई औषधी खुवाउने लक्ष्य लिएको प्रमुख घर्तीले जानकारी दिनुभयो । जस्का लागि एक सय २५ जना स्वास्थ्यकर्मी र २ सय ३४ जना महिला स्वास्थ्य स्वंसेविकाहरु खटिने भएका छन् ।

गत बर्ष ५८ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सबै नागरिकहरुलाई औषधी खान अपिल गरेका छन । नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएको उनको भनाई छ ।

हात्तीपाइले रोग कस्तो हो ?

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउदँछ । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निकी पार्न सकिँदैन ।

हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नुपर्छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नुपर्दछ ? कसले हुँदैन ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्दछ ।

दुई वर्ष उमेर पुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू के छन् ?

यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भने बुझ्नु पर्दछ । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने हुन्छ । केही गरी ती लक्षण लामो समयसम्म रहिरहेमा नजिरको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…