प्रदूषण घट्ने आशा पलायो : उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा

काठमाडौं : लामो हिउँदे खडेरीपछि काठमाडौं उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। बुधबार पानी परेपछि केही दिनयता लागेको तुवाँलो थोरै भए पनि हट्ने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो वर्षाले काठमाडौं उपत्यकामा देखिएको वायु प्रदूषण केही मात्रमा घट्ने छ।

‘वर्षासँगै अहिले देखिएको वायु प्रदूषण बिहीबार थोरै हट्छ’, मौसमविद् बासीले भनिन्, ‘तर, यो पानी पार्ने प्रणाली दुई दिनमात्र रहने हुँदा फेरि प्रदूषण कायमै देखिन्छ।’

मौसमविद्का अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित देशभरका पहाडी भूभागमा वर्षा भएको हो।

‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्लका वर्षा भएको हो’, मौसमविद् बासीले भनिन्, ‘तराई क्षेत्रमा वर्षा भएको छैन। विशेषगरी बागमती, गण्डकी प्रदेशसहित देशभरका अधिकांश पहाडी भूभागमा पानी परेको छ।’

पोखरामा वर्षा

नेपालमै सबैभन्दा धेरै पानी पर्ने पोखरामा हिउँद महिनामा पनि अघिल्ला वर्षमा धेरै पानी पर्ने गथ्यो। यस वर्ष भने अहिलेसम्मकै कम वर्षा भएको जल तथा मौसम विज्ञान कार्याल पोखराका प्रमुख राजारामप्रसाद ढकालले बताए।

यस वर्ष अंग्रेजी महिनाको नोभोम्बरमा ५१ मिलिमिटर पानी परेपछि डिसेम्बर महिनामा फाट्टफुटमात्र पानी परेको जल तथा मौसम विज्ञान कार्याल पोखराका प्रमुख ढकालले बताए।

जनवरी, फेब्रुवरीमा पानी नै परेन। मार्च महिनामा पनि फाट्टफुट्ट मात्र पानी परेको छ। यस हिसाबले हिउँदमा ४ महिना लामो खडेरी पहिलो पटक परेको ढकालले बताए। यस अघिका वर्षमा यस्तो कहिल्यै नभएको उनले सुनाए।

सन् २०२० मा जनवरीमा ७३ मिलिमिटर, जनवरीमा २१ मिलिमिटर, मार्च महिनामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख ढकालले जानकारी दिए।

यसैगरी सन् २०१९ को जनवरीमा ३५ मिलिमिटर, फ्रेब्रुवरीमा ११३ मिलिमिटर, मार्च महिनामा ९‍‍.२ मिलिमिटर पानी परेको तथ्याङ्क छ। पानी नपरेर मौसम सफा हुन नसक्दा बाक्लो तुवाँलोका कारण पोखरा आसपासका डाँडा छेकिएका छन्। धुलो र धुँवाको मिश्रण भएको तुवालोको कारण भिजिविलिटी निकै कम छ।

यस्तो हुनुमा लामो हिउँदे खडेरी, डढेलो मुख्य कारण मानिएको छ। नेपालकै विभिन्न ठाउँ र भारतदेखि पनि यो प्रदूषण भित्रिएको विज्ञ बताउँछन्।

चैत वैशाख हावाहुरी लाग्ने समय हो। हावाहुरी पनि नलाग्ने र पानी पनि नपर्दा प्रदूषण हट्न नसकेको जल तथा मौसम विज्ञान कार्याल पोखराका प्रमुख ढकालले बताए। ‘ठूला पानी पर्‍यो भने धुलो तल झर्छ। हावा लाग्छ। आकाश खुला हुन्छ र घाम लाग्छ’, उनले भने, ‘पानी नै नपर्दा र हावा पनि नलाग्दा यस्तो भएको हो।’

लामो हिउँदे खडेरीपछि पोखरामा बुधबार ठूलो पानी परेको छ। पानी परेपछि बिहीबार मौसम सफा हुने विश्वास पोखरेलीमा छ। पोखरामा सामान्य अवस्थामा ठूलो वर्षापछि मौसम सफा भएर हिमाल खुल्ने गर्छ। लामो तुवाँलो पछि ठूलो वर्षा भएकाले मौसम खुल्ने विश्वास स्थानीयको छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…