को हुन उनीहरु ? तेस्रो बिहे नगर भन्दै आउँछन्, के मेरो बिहे खर्च उनीहरुले तिर्नुपर्ने हो ? : श्वेता तिवारी

‘कसौटी जिन्दगीकी’बाट प्रेरणाको भूमिकामा चर्चा कमाएकी टेलिभिजन अभिनेत्री श्वेता तिवारीले आफ्ना दुई असफल वैवाहिक सम्बन्धका तीता अनुभव साटेकी छन्। इन्डियन एक्सप्रेसका अनुसार श्वेताले आफूले श्रीमानबाट घरे’लु हिं’सा खप्नु परेकोले दुई वटा वैवाहिक सम्बन्ध टिकाउन नसकेको बताएकी हुन्।

आफ्नो व्यक्तिगत जीवनमा धेरै उतार चढाव भोगेकी श्वेताको किशोरावस्थामा राजा चौधरीसँग विवाह भएको थियो। २७ वर्षको उमेरमा उनले घ’रेलु हिं’सा’को आरोप लगाएर राजासँग सम्बन्ध विच्छेद गरिन्। सन् २०१३ मा उनले अभिनव कोहलीसँग विवाह गरेकी उनको दोस्रो विवाह पनि टिकेन।

आफ्ना दुई वटा सम्बन्धबारे बोल्दै उनले पहिलो विवाहमा उनको घ’रेलु हिं’सा’को शिकार भएको बताएकी हुन्। उनले घ’रेलु हिं’सा भोग्नुपर्दा पनि महिलालाई समाजले यस्ता घ’ट’नालाई सामान्य रुपमा लिएर वैवाहिक सम्बन्ध जोगाओस् भन्ने चाहेको बताइन्।

उनको पहिलो विवाहबाट छोरी र दोस्रो छोरा छन्। ‘मध्यमवर्गीय परिवारमा, बाल्यावस्थादेखि नै सम्झौता र समायोजन गर्न भनियो। समाजले तपाईंलाई एक दुई थप्पड केही होइन भन्छ। तर मेरी आमाले त्यस्तो कहिले पनि भन्नुभएन,’ उनले भनिन्। उनले यस्तो अवस्थामा महिलाले बच्चाको भविष्यबारे सोच्न दबाब दिनेसमेत बताइन्।

‘तर जब मैले २७ वर्षको उमेरमा पहिलो श्रीमान छोडेँ, बच्चाका अगाडि आमा-बुवाले दिनहुँ झ’गडा गर्नु वा उनीहरुले बुवालाई मा’तेको देख्नु एक्लो आमा वा बुबासँग हुर्काउनु भन्दा नराम्रो कुरा हो,’ उनले भनिन्।

श्वेताले अनुभव सुनाइन्, ‘तपाईं विवाहपछि १० वर्ष सँगै बसेर छुट्टिनु भयो भने कसैले प्रश्न गर्दैनन्। तर तपाईं दुई वर्षमै अलग हुनुभयो भने सबैले भन्छन् कति चोटी बिहे गर्छौ?’

श्वेताका अनुसार दुई पटक सम्बन्ध असफल भइसकेकोले मानिसहरु उनलाई सल्लाह दिन आउँछन् र भन्छन्, ‘तेस्रो बिहे नगर।’ उनको प्रश्न छ, ‘म उनीहरूलाई सोध्छु, को हुन उनीहरु? के मेरो बिहे खर्च उनीहरुले तिर्नुपर्ने हो? यो मेरो निर्णय हो। यो मेरो जीवन हो।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…