भारतीय प्रहरी सामू किशोरीहरुले दिए यस्तो बयान: कागजी प्रक्रिया पूरा नहुँदा नेपाल ल्याउन ढिलाइ

महोत्तरी,धनुषा । भारतको बिहारको सीतामढीबाट सात नेपाली किशोरी तथा बालिकाहरुलाई नेपाल ल्याउने कानुनी प्रक्रिया लम्बिएको छ । बालिका तथा किशोरीको स्वास्थ्य परीक्षण लगायत अन्य कागजी प्रक्रिया पूरा नहुँदा उनीहरुलाई नेपाल ल्याउन ढिलाइ भएको हो ।

कानुनी प्रक्रिया गर्न प्रयाप्त समय लाग्ने भएकाले बुधबार उनीहरुलाई ल्याउन सम्भव नभएको सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी सीपी गौतमले बताए । भारतमा बालबालिकाको हकहितका लागि काम गर्ने सीडब्लुजी, वाइलाइन लगायतका संघ संस्थाहरुले उद्धार गरिएका बालिका र किशोरीसँग छुट्टाछुट्टै सोधपुछ र कानुनी प्रक्रिया पूरा भएपछि बिहीबार मात्रै नेपाल ल्याउन सकिने उनले बताए ।

उद्धार गरिएका बालिका र किशोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए । उद्धार गरिएका सातै जनाको कोरोना परीक्षण समेत गरेर मात्रै नेपाल पठाइने उनले बताए ।

किशोरी लिन महोतरीबाट नेपाल सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार सीतामढी पुगेको छ । भंगाहामा मंगलबार घाँस काट्न जाँदा बेपत्ता ७ किशोरी तथा बालिकालाई भारत, बिहारको सीतामढीबाट उद्धार गरिएको हो । भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान छन् ।

‘गायिका बन्ने सपना’ लिएर भारत

सीतामढीमा भेटिएका सात किशोरीले गायिका बन्न हिँडेको बताएका छन् । भारतको सीतामढीस्थित रेल्वे स्टेशनमा अलमलमा परेको देखेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा किशोरीहरुले आफूहरु गायिका बन्न हिँडेको बताएको रेल्वे प्रहरीले बताएको किशोरीका काका मनोज पासवानले बताएका छन् ।

किशोरीहरु मध्ये १८ वर्षीया अस्मिता सितापुर उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेको परिवारले जनायो । अन्य किशोरीहरु सोही विद्यालयको कक्षा ७ र ८ मा अध्ययन गर्ने छात्रा हुन् ।

गायिका बन्न हिँडेको बताएका किशोरी मध्ये १५ वर्षीया अर्चना विद्यालयमा सांस्कृतिक कार्यक्रम हुँदा गायनमा भाग लिने गरेको परिवारले बताएको छ । आफ्नी नातिनीले गीत गुनगुनाइरहने गरेको गरेको अर्चनाका हजुरबुबा धरमनाथ पासवानले बताए । साभार : कान्तिपुर 

भर्खरै प्रकाशित

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…