सार्वजनिक कार्यक्रममै संचारमन्त्री निदाउन थालेपछि कोमल ओलीले उठाइन

काठमाडौं। रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भाइरल भएको छ।

भिडियोमा निदाइरहेका गुरुङलाई राष्ट्रियसभा सांसद कोमल ओलीले ब्युझाएको देख्न सकिन्छ। सँगैको स्टेजमा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि देखिन्छन्। मंगलबार सभागृहमा भएको रिपोर्टर्स नेपालको कार्यक्रममा गुरुङले सरकारको प्रतिरक्षा गर्दै भाषण गरेका थिए।

उनले सरकारको प्रतिरक्षा त गरे तर आफैले आफैलाई प्रतिरक्षा गर्न सकेनन् र सामाजिक सञ्जालमा भाइरल भए। विकास अर्याल नामक टिकटकमा बनेको उक्त भिडियो खड्योथ नामको ट्वीटर ह्याण्डल गर्ने व्यक्तिले सार्वजनिक गरेका छन्। टिकटकमा २१ हजार ३ सयले हेरेका छन् भने ट्वीटरमा संचारमन्त्री पार्वत गुरुङ, क्याप्सन अफ्द इयर लगायतका कमेन्ट आएका छन्।

पछिल्लो समय नेपाल सरकारका मन्त्रीहरु भाइरल हुने क्रम बढ्दो छ। केहीदिन पहिलामात्र वनमन्त्री प्रेम आले भाइरल भए। उनले ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र हामीले अक्सिजन दिन्छौं’ भन्ने शब्दले गर्दा अहिले पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुने वित्तिकै अक्सिजन फाल्ने मन्त्रि आए भन्ने जन आवाज सुनिन्छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…