सर्वेक्षणले भन्छ : ‘प्रधानमन्त्री केपी ओलीका कुरा आधा जनताले पत्याउँदैनन्’

काठमाण्डु  । सर्वेक्षणले भन्छ, हाम्रा प्रधानमन्त्री केपी ओलीका कुरा आधा जनताले पत्याउँदैनन् । सेयरकाष्ट नेपालका मधु आचार्य र भूमिराज चापागाईंहरूले देशका ५०८२ परिवारमाझ गराएको सर्वेक्षणमा सहभागीमध्ये आधाले प्रधानमन्त्री ओलीको कुरामा विश्वास नलाग्ने मत प्रकट गरेका हुन् ।

सातै प्रदेशबाट १६ वर्षभन्दा माथि उमेर समूहका मानिसबीच गरिएको मत सर्वेक्षणमा सहभागीमध्ये ४६ दशमलव ९ प्रतिशतले प्रधानमन्त्रीको कुरा पत्यार नलाग्ने मत प्रकट गर्दा ३६ दशमलव २ प्रतिशतले थोरै मात्रै विश्वास हुने र ११.३ प्रतिशतले मात्रै पत्याउन नसकिने बताएका छन् ।

फागुन ९ देखि २३ गतेसम्म चलेको सर्वेक्षण प्रतिवेदनको नतिजा ६ दिनअघि सार्वजनिक गरिएको थियो । सर्वेक्षणमा सहभागीहरूलाई देश सही दिशातिर गइरहेको छ कि छैन ? भनी सोधिँदा ४४ दशमलव ३ प्रतिशतले गलत दिशातिर गइरहेको,२२ दशमलव ५ प्रतिशतले उस्तै अवस्थामा रहेको विवरण टिपाएका थिए ।

यस्तै, प्रदेशका मन्त्रीहरूको कुरा नपत्याउने ४५ दशमलव ५ प्रतिशत, मुख्यमन्त्रीका कुरा हावा ठान्ने ४६ दशमलव ३, सांसदका कुरामा विश्वस्त नहुने ४६ दशमलव १ प्रतिशत हुँदा नेताका कुरामा विश्वास नमान्ने ६० दशमलव ५ प्रतिशत रहेको तथ्यांक आएको छ । मेयर वा उपमेयरका कुरा नपत्याउने ३४ दशमलव ३, वडाअध्यक्ष वा जनप्रतिनिधिको कुरामा विश्वास नगर्नेको संख्या ३१ दशमलव ७ प्रतिशत छ ।

अघिल्लो साता सार्वजनिक सो सर्वेक्षण प्रतिवेदनअनुसार न्यायाधीश तथा वकिलको कुरा पत्याउने ३७.८ प्रतिशत र पत्रकारका कुरा पत्याउने ५०.५ प्रतिशत छन् । सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले मुलुक राजनीतिक हिसाबले गलत दिशातिर गइरहेको मत दिएका छन् ।

यसो भन्नेको संख्या ४४.३ प्रतिशत छ । २१.९ प्रतिशतले मात्र देश सही दिशामा गइरहेको मत दिएका छन् । यस्तै प्रधानमन्त्री ओलीका कारण लोकतन्त्र नै संकटमा परेको मान्नेको संख्या ४४ दशमलव ५ प्रतिशत छ भने सरकारका कारण अहिलेको संकट आएको भन्नेहरू ४६ दशमलव ५ प्रतिशत छन् ।

अहिलेको स्थितिको जिम्मेवार प्रचण्ड र माधव नेपाललाई ठान्नेहरू पनि सानो संख्यामा छैनन् । ४१ दशमलव ९ प्रतिशतले यी दुई नेतालाई देश बर्बादीको कारक ठह-याएका छन् । सहभागीहरूलाई देशमा लोकतन्त्र वा गणतन्त्र बलियो बनाउन सबैभन्दा भरपर्दो राजनीतिक दल कुन होला भनी सोधिएको प्रश्नमा १३.४ प्रतिशतले कांग्रेसको नाम लिएका छन् । दोस्रो स्थानमा ओली नेतृत्वको नेकपा ९.६ प्रतिशत छ । तेस्रोमा तत्कालीन माधव–प्रचण्ड नेतृत्वको नेकपा ४.१ प्रतिशत देखिएको छ ।

सर्वेक्षणमा मुलुक गलत दिशातिर जानुको कारक के हो ? मुलुकका जल्दाबल्दा समस्या के हुन् ? संघीय सरकारले तत्काल गर्नुपर्ने तीन वटा प्रमुख काम के–के हुन् ? तपाईंको स्थानीय तहको कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? सर्वाेच्च अदालत र निर्वाचन आयोगले निष्पक्ष काम गर्छ भन्नेमा कत्तिको विश्वास गर्नुहुन्छ ? नेपाल हिन्दूराष्ट्र हुनुपर्छ कि धर्मनिरपेक्षलगायत दर्जन बढी प्रश्न सोधिएको थियो । जनआस्था साप्ताहिकबाट

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…