संघीयताले सुक्यो हुम्लाको सदरमुकाम सिमकोट !

जनक शाही

हुम्ला  । स्थानीय सरकार आएपछि हुम्लाको सदरमुकाम सिमकोटकोे चहलपहल शून्य बन्दै गएको छ । नगरपालिकाविहीन सात गाउँपालिका रहेको हुम्लामा राज्य पुनःसंरचना अनुसार गाउँघरमै स्थानीय सरकार बनेपछि दैनिक घुइचो लाग्ने सदरमुकाम सिमकोटको चहलपहल घट्दै गएको हो ।

जिल्ला केन्द्रित अधिकार स्थानीय तहमा गएसँगै सर्वसाधारणको आवतजावतमा कमी हुन थालेपछि सदरमुकाममा चहलपहल घट्दै गएको हो । सदरमुकामको चहलपहल घट्न थालेपछि सदरमुकामको आर्थिक गतिविधिमा ठूलो असर परेको छ ।

देशमा संघीयता लागू भएसंगै नेपाली नागरिकताको प्रमाण–पत्र र फौजदारी कानून सम्बन्धी काम बाहेक अन्य सबै काम गाउँमै हुने भएपछि भीडभाड हुने हुम्ला सदरमुकाम सिमकोटका धेरै बजार र चोकहरु सुनसान बन्दै गएका छन् ।

‘पहिला जे काम पर्दा पनि सदरमुकाममा आउनु पथ्र्यो अहिले सबै सरकारी काम गाउँमै हुन थालेपछि धेरै मानिसहरु गाउँबाट सदरमुकाम नआउँदा सदरमुकामका हुने ५० प्रतिशत चहलपहल घटेको छ ।

त्यस्तै, स्थानीय सरकार बनेपछि त्यसको प्रत्यक्ष असर सदरमुकामका व्यवसायीमा परेको छ’, सिमकोट बजारको काली चोकमा पसल ब्यवसाय गर्दै आएका पानस सपिङ सेन्टरका सरोज रावतले भने ।

स्थानीय तहले कर्मचारी, सर्वसाधारणको सदरमुकाम आउने संख्या घटेसँगै कतिपय होटल व्यवसायीहरु विस्थापित हुँदै गएका छन् । स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालयसँगै बजार विस्तारले गर्दा पहिला भन्दा अहिले ग्राहकहरुको आवतजावत पूरै घटेको छ ।

कतिपय होटल व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । प्रत्येक होटलले मासिक २०–२५ जना कर्मचारीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँका दरले खाना खुवाइरहेका होटल व्यवसायीलाई स्थानीय तहको संरचनासँगै कर्मचारी सबै गाउँ गएपछि व्यवसाय कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको होटेल व्यवसायी संघ हुम्लाका अध्यक्ष मिम लामाले बताए ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…