नयाँ सरकार गठनका लागि प्रचण्डको दौडधूप, प्रतिपक्षी दलहरुसंग छलफल तिव्र

प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ ।

नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ ।

जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन् । गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउने लगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन् । देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले त्यसलगत्तै उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…