‘पुन: पार्टी एकताका लागि प्रचण्डजीलाई फोन गरेको थिएँ, इच्छा छैन भन्नुभयो’ : प्रधानमन्त्री

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाइको खण्डन गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले सर्वोच्चले (नेकपा) फुटाएको भन्दै लगाउनु भएको आरोपको खण्डन गर्नुभएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले पार्टीलाई पुन: एकता गरौँ भन्दा चासो नदेखाएको तर सर्वोच्चले पार्टी फुटाइदियो भन्नु तर्कसँगत नभएको टिप्पणी गर्नुभएको छ ।

उहाँले सार्वोच्चले पार्टी एकिकरणको म्याद दिएको बेला पुन: पार्टी एकताको लागि सम्पर्क गरेको तर प्रचण्डले चासो नदेखाएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भनेर फोन गरेँ । पहिले उहाँले केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भन्नुभयो । तर पछि इच्छा छैन भनेर मजाक गर्नुभयो।’

त्यस्तैगरी प्रधानमन्त्री ओलीले एकताको कुनै सम्भावना नरहेको अवस्थामा फैसला आएकाले सर्वोच्चले पार्टी फुटाइदियो भन्नु नसुहाउने तर्क राख्नुभयो । ‘पार्टीको अध्यक्ष, दलको नेता र साधारण सदस्य बाटै निकालिसकेकाले पार्टी एकताको सवै सम्भावना पहिल्यौ सकिसकेको थियो’ उहाँले भन्नुभयो ।

कारवाहीका बाबजुद एकता चाहँदा उहाँले प्रचण्डले इच्छा नदेखाएकाेले आ-आफ्नै पार्टीको नेतृत्व गर्ने अवस्थामा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…