सरकारका केही राम्रा काम : देशभर १७ वटा सुरुङमार्ग निर्माण गर्न तीव्ररुपले तयारी गर्दै सरकार

काठमाडौं। सडक विभाग देशका विभिन्न स्थानमा बन्ने भनिएका सुरुङमार्गको सम्भाव्यता अध्ययन र त्यसपछि गर्नुपर्ने तयारीमा जुटेको छ । देशका विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माण गर्ने उद्धेश्य सहित यतिखेर सडक विभिन्न १७ वटा सुरुङमार्ग निर्माण गर्ने उद्धेश्यसहित अध्ययनको तयारीमा जुटेको हो ।

सरकारले सुरुङमार्ग बनाउने भनिएको एक ठाउँमा मात्र काम भइरहेको छ । अन्य ठाउँको सम्भाव्यता अध्ययन र अध्ययनपछि गर्ने पर्ने कामको तयारीमा जुटेको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीले बताउनुभयो ।

उहाँका अनुसार अहिले सडक विभाग देशका विभिन्न १७ भन्दा बढी सुरुङमार्गको अध्ययन र अध्ययनपछि गर्नु पर्ने आवश्यक कामको तयारीमा लागेको हो । अहिले काठमाडौंको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम भइरहेको छ । नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–निजगढ द्रुतमार्गको ३ स्थानमा सुरुङ बनाइँदैछ ।

यसका लागि टेन्डर भएर कम्पनी छनोट भइसकेको छ । विभागका अनुसार थानकोट–चित्लाङ, टोखा–छहरे र बेत्रावती–रसुवागढी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवृदन (डीपीआर) तयार हुँर्दैछ । जैसीले कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको बताए ।

विभागले अर्को वर्ष हेम्जा–नयाँपुल, खुर्कोट–चियाबारी सुरुङमार्गको निर्माणको ठेक्का लगाउने तयारी गरेको छ । त्यस्तै, सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवलको सिद्धबाबामा सुरुङमार्ग टेन्डरको तयारी भएको छ । मकवानपुरमा कुलेखानी–भीमफेँदी सडक खण्डमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन टेन्डर गर्ने तयारी हुँदैछ ।

यस्तै, विभागले उत्तर–दक्षिण कोरिडर अन्तर्गत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन पनि तयार गरिसकेको छ । यो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्रालयसँग बजेटको माग पनि गरिएको छ ।

यसै वर्ष विभागले थप ३ वटा सुरुङमार्ग अध्ययनको काम अघि बढाएको छ । सडक विभागले यस वर्ष धरान–लेउतीरोड, ललितपुर–मानेभञ्ज्याङ र दिपायल–खुटिया सुरुङ मार्गको पनि सम्भाव्यता अध्ययन गरिरहेको छ ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…