वनजंगल आगोले सबै सखाप, वायुमण्डल धुवाँले ढाकेर आँखा पोल्न थाल्यो

काठमाडौँ । देशभरका विभिन्न सामुदायिक वनमा लागेको आगो लाग्दा वायुमण्डल धुवाँले ढाकेको छ । गर्मी बढेसंगै आगलागीका घटना देशैभर देखिएका छन्।

बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए । गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो। ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष र सुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो । केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छै न । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च हो । अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा २ हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ ।

‘डढेलो लाग्ने मुख्य सिजन त अझै बाँकी छ,’ शर्माले भने । देशभर डढेलोको प्रकोप बढेपछि शर्मालाई बिहीबार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञका रूपमा खटाइएको छ । उनका अनुसार प्राधिकरणले सबै किसिमका प्रकोपसम्बन्धी तथ्यांक एकीकृत गरिरहेको छ । मंसिर – पुसमा उच्च हिमाली क्षेत्रमा मात्र डढेलो लगेकामा फागुनपछि मध्य पहाडी क्षेत्र र तराईका निकुञ्ज– आरक्षसहित सरकारी र सामुदायिक वनमा डढेलो बढेको छ । सन् २०१६ अप्रिलमा ५ हजार ३ सय ९६ स्थानमा डढेलो लागेको थियो। यो संख्या एक महिनामा रेकर्ड गरिएको अहिलेसम्मकै धेरै हो ।

धुवाँले ढाकेर आँखा पोल्न थाल्यो

गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो । नवलपुरको राजमार्ग क्षेत्रका सामुदायिक वनमा धेरै डढेलो लागेको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको छ ।

यस्तै सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ भने वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आगो लगाउने गरेको उहाँले बताउनुभयो ।

पहिलेपहिले खोरीया फाँड्न वनमा आगो लगाउन चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नवलपुरमा करीब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक÷एक वटा रहेको छ । अहिले धेरैजसो वनमा डढेलो लागेको छ ।

पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन ।

सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि ढडेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारीरुपमा काम नगरेको देखिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताउनुभयो ।

यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ । धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाय अपनाउन सकिने उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…