४७ वर्ष लामो सम्बन्ध नदीका दुई किनारा : नेपालले गरे, केपी ओलीको तानाशाहीविरुद्ध जुध्न आह्वान

समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ ।

राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन् । पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएपछि नेता नेपालले ओलीसँग साढे चार दशकभन्दा लामो सम्बन्ध एकै रातमा नटुट्ने बताएका थिए । तर, ओलीले नेपालको त्यो भावुकतालाई बुझेनन्, बरु कारबाही प्रक्रिया अघि बढाए ।

झापा आन्दोलन हुँदै को–ओर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोओर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबीच करिब ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली–नेपाल अब एकै ठाउँमा बस्न नसक्ने अवस्था पैदा भएको छ ।

मदन भण्डारीको मृ’त्युपछि कुनै बेला यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे । उनीहरुमा पार्टीप्रतिको लगाव र माया भने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे । तर, डेढ वर्ष अघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरुलाई करिबकरिब नदीका दुई किनारा बनाएको हो ।

केपी ओलीको तानाशाहीविरुद्ध जुध्न आह्वान गर्छु : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् । पत्र नआए पनि आफूलाई कारबाही गरेको सञ्चारमाध्यमबाट सुनेको भन्दै नेता नेपालले अनलाइनखबरसँग भने, ‘केपी ओलीको यो निर्णय निरंकुश र अत्यन्तै तानाशाही प्रवृत्तिको द्योतक हो ।’

अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र उनलाई विधि र विधानसँग कुनै मतलब नभएको नेता नेपालले बताए । उनले भने, ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ । त्यसबाट नै उहाँको नियत छर्लङ्ग भएको छ ।’

ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताए । उनले भने, ‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाही विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न म आह्वान गर्छु ।’

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…