चोरी गर्न गएको चोर घरबेटीको चोरीको ओच्छ्यानमै निदाएपछि…

थाइल्याण्ड । विश्वमा चोरहरु अनेक प्रकारका भेटिन्छन।  कसैले महिलाको ब्रा चोरी गरेर अनुठो नाम राखेका हुन्छन भने कसैले क्यै उट्पटाङ्ग गरिरहेका हुन्छन। हालै थाइल्याण्डमा पनि यस्तै एउटा रोचक चोरीको घटना भएको छ जस कारण चोरले विश्वभर चर्चा पाइरहेका छन्।

सामान्यतया, अर्काको घरमा प्रवेश गरेको चोरलाई अरुले थाहा नपाई सामान कुम्ल्याएर भाग्ने हतार हुन्छ । तर थाइल्याण्डमा एउटा घरमा चोरीका लागि पसेको चोर भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घटना प्रकाशमा आएको छ ।

थाइल्याण्डका सञ्चारमाध्यमले जनाएअनुसार २२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घरमा चोर पसेको थियो । राति करिब दुई बजे घरभित्र प्रवेश गरेको उक्त चोर बिहानसम्म सोही घरमा मस्तसँग ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको हो ।

उक्त घर एक प्रहरी अधिकारीकै रहेको बताइएको छ । घरको एउटा ‘बेड रुम’ मा प्रवेश गरेको चोरले एअरकन्डिसन र आरामदायी ओछ्यान पाएपछि केहीबेर सुत्ने निधो ग¥यो ।

थाइ सञ्चारमाध्यमका अनुसार उक्त कोठा ती प्रहरी अधिकारीको छोरीको रहे पनि उनी भने घरमा थिइनन् । तर छोरी नभए पनि कोठाभित्र एसी चलिरहेको देखेपछि ती प्रहरी अधिकारीले झ्यालबाट चिहाउँदा चोरलाई सुतिरहेको अवस्थामा फेला पारेका हुन् ।

उक्त चोरलाई प्रहरीले नियन्त्रणमा लिएर चोरी तथा अर्काको घरमा गैरकानुनी रुपमा प्रवेश गरेको कसुरमा कानुनी कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…