त्रिदेशीय फुटबलको फाइनलमा नेपाल विजयीः ३७ वर्षपछि घरेलु मैदानमा जित्यो उपाधि

काठमाडौँ। नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक-एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।

सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

उनले गत शनिबार बंगलादेशविरूद्ध नै डेब्यू गरेका थिए। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।

४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका हुन्। एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु-२३ टिमबीच प्रतिस्पर्धा भएको हो।

समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।

‘सी’ डिभिजन लिगमा महाबिर र खालीबारी बीचको खेल बराबरीमा

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा महाबिर क्लब र खालीबारी युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार भएको खेलमा महाबिर र खालीबारीले २–२ गोलको बराबरी खेलेका हुन् ।

ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा महाबिरका लागि राम ढकाल र रोमन तामाङले एक एक गोल गरे । खालीबारीका विमान लामा र सुदिप केसीले एक एक गरे । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…