२० वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

काठमाडौं । भन्सार विभागले ६६० पदका लागि भन्सार एजेन्टको लाइसेन्स खुलाएको छ । विभागले २०७८ वैशाख १२ गतेभित्र आवेदन बुझाउने गरी दरखास्त आह्वान गरेको हो ।

दुई दशकभन्दा लामो समयपछि खुलेको भन्सार एजेन्टको लाइसेन्सले मुलुकको आयात तथा निर्यातमा सहजता ल्याउने विश्वास गरिएको छ । सामान्य भाषामा भन्नुपर्दा भन्सार एजेन्टको लाइसेन्स वकिलको लाइसेन्स जस्तै हो ।

जसका लागि अनिवार्य रुपमा भन्सार विभागको लाइसेन्स लिनुपर्ने हुन्छ । यस्तो लाइसेन्स लिने व्यक्तिहरुबाट मात्र व्यवसायीले आफ्नो भन्सार एजेन्ट नियुक्त गर्न सक्छन् ।

निकासीकर्ता वा पैठारीकर्ताले आफ्नो तर्फबाट मालवस्तु जाँचपास गराउन वा भन्सार कार्यालयसँग सम्बन्धित कार्य गराउन लाइसेन्स प्राप्त व्यक्तिमध्येबाट भन्सार एजेन्ट नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले यहाँ क्लिक गरी विभागको वेबसाइटमा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (Online Agent Application) मार्फत दरखास्त दिनुपर्नेछ ।

भन्सार नियमावलीअनुसार भन्सार एजेन्टका लागि न्यूनतम योग्यता स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको, नेपाल सरकारलाई बुझाउनुपर्ने रकम बाँकी नरहेको, फौजदारी अभियोगमा अदालतबाट कसूरदार नभएको र २१ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्छ ।

लिखित र अन्तर्वार्ता गरी दुई चरणमा हुने यो परीक्षाका लागि परीक्षा केन्द्र भने काठमाडौं उपत्यकाभित्र मात्र रहने विभागले जनाएको छ । यसका लागि परीक्षा दस्तुर ३,००० रुपैयाँ तोकिएको छ ।

कसरी दिने आवेदन ?

भन्सार एजेन्टका लागि आवेदन दिन सुरुमा यहाँ क्लिक गर्नुहोस् । फाराममा उल्लेखित विवरण भर्नुहोस् र आवश्यक कागजात संलग्न गरी सबमिट गर्नुहोस् ।

दरखास्त स्वीकृत भएपछि उम्मेदवारहरुले परीक्षा प्रवेश पत्र अनलाइन सिस्टमबाटै प्रिन्ट गर्नुपर्नेछ । परीक्षार्थीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका जुनसुकै शाखामा गएर कोड नम्बर ३०५०३३५०१ तथा राजस्व संकेत नम्बर १४२२४ भएको भन्सार विभाग त्रिपुरेश्वर कार्यालयको खाता नम्बर १०००२०००१०००० मा परीक्षा आवेदन शुल्क बुझाउन सक्नेछन् ।

यसरी रकम बुझाउँदा प्राप्त भौचर स्क्यान गरी दरखास्त फाराम प्रणालीमा अपलोड गर्नुपर्ने हुन्छ । यसबाहेक परीक्षार्थीहरुले अनलाइनबाटै समेत परीक्षा शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

यसका लागि यहाँ क्लिक गरी अनलाइन रजिस्ट्रेसन गरी भन्सार कार्यालयको कोड र राजस्व नम्बर उल्लेख गरी भौचर तयार पारेर कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्नुपर्नेछ ।

परीक्षार्थीहरुले अनलाइनबाटै दरखास्त भर्दा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योगताको प्रमाणपत्र, कम्प्युटर तालिमको प्रमाणपत्र, दरखास्त दस्तुर दाखिला गरेको प्रमाण, उम्मेदवारको फोटो र दरखास्त स्क्यान गरी अनलाइनमार्फत अपलोड गरी बुझाउनुपर्नेछ ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…