चीन गइरहेको विमान डाइभर्ट गर्न नसकेपछि अमेरिकी सेनाले मि’साइल हा’न्दा २३९ यात्रुको मृ’त्यु

मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयासमा विफल भएपछि अमेरिकी वायु सेनाले यो विमानमा मि’साइल आ’क्रमण गरेको र सो आ’क्रमणका विमान हिन्द महासागरमा दु’र्घटना हुँदा २३९ जना यात्रुको ज्या’न गएको एक नयाँ पुस्तकमा दावी गरिएको छ ।

खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नि’यन्त्रणमा लिने प्रयास गर्दा दु’र्घटना भएको दावी गरेकी छिन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपनि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् ।

डि चाङगेले यो घटनालाई बिडम्बनापूर्ण भन्दै आधिकारिक घटनाहरु छलमा आधारित भएको भनेकी छिन् । यो बोइङ ७७७ विमान पूर्वनिर्धारित रुपमा क्वालालम्पुरबाट बेइजिङको लागि उडेपछि एक घण्टाभित्रै नाटकीय परिवर्तन भएर विमान हिन्द महासागरमा दु’र्घटना भएको देखिन्छ ।

डि चाङगेले भने निष्कर्षलाई डाइभर्सन अपरेशन भनेकी छिन् जसलाई पछिल्लो समयमा सबैभन्दा ठूलो गल्ती लुकाउने प्रयासको संज्ञा पनि दिएकी छिन् । ४ सय पेजको पुस्तकमा फ्रान्सकी यी पत्रकारले अमेरिकी बायु सेनाले यो विमानलाई नि’यन्त्र’णमा लिन खोजेको बताएकी छिन् । अमेरिकी वायुसेनाले यो विमानलाई ट्रयाकिङ टेक्नोलोजी प्रयोग गरेर राडारमा नदेखिने बनाएको र यसैले विनाशकारी प’रिणाम ल्याएको बताएकी छिन् ।

डि चाङगेका अनुसार एमएच ३७० ले विद्युतीय उपकरणको शिपमेन्ट बोकेर चीन जाँदै थियो र यसलाई अमेरिकाले स्वीकृत गरेको थिएन । पुस्तकमा उनले अमेरिकी सेनाले यो विमानलाई रिरुट गर्ने प्रयास गर्दा विफल भएपछि मि’साइल हानेर उडाइदिएको र अहिलेसम्म यो विषयलाई ढाकछोप गर्ने प्रयास गरिरहेको दावी गरेकी छिन् ।

उनका अनुसार शिपमेन्टमा २.५ टन ‘कमजोर दस्तावेजीकरण गरिएका मोटोरोला विद्युतीय उपकरण’ थिए । यिनीहरु ठिकसँग सुरक्षा मापदण्ड पुरा गरेका थिएनन् र यिनीहरु अमेरिकाका थिए ।

डि चाङगेका अनुसार सम्भवतः यो विमानको म्याग्नेटिक फिल्ड ब्लक गरेर यसलाई राडारबाट गायब पार्नको लागि २ वटा अमेरिकी एयरबर्न अर्ली वार्निङ विमानहरु यसको तल र माथि उडेका थिए ।

डि चाङगेले लेखेकी छिन् ‘विमानलाई मिसाइल हा’न्नु ठूलो गल्ती हुन सक्छ तर विमान र यसको विशेष कार्गोलाई चीनको हातमा जानबाट रोक्ने अन्तिम प्रयास पनि थियो । डि चाङगेले यो विषयमा मार्च २०१४ देखि खोजी सुरु गरेकी थिइन् ।

भर्खरै प्रकाशित

संक्रमण बढेपछि पशुपतिनाथमा भक्तजनलाई प्रवेश निषेध

काठमाडौं: कोरोना संक्रमणको दोस्रो चरण फैलिन थालेपछि पशुपति क्षेत्र विकास कोषले वैशाख १० गतेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेश निषेध गर्ने भएको छ । अर्को व्यवस्था…

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…