किसानको खेतमा गहुँ काट्दै महासचिव विप्लव

चैत १६, कपिलवस्तु । नेकपाका महासचिव विप्लवले किसानको खेतमा गएर गहुँ काट्नु भएको छ । कपिलवस्तुको शिवगढीमा स्थानीय जनताको खेतमा गएर गहुँ काटेका हुन् ।

महासचिव विप्लवसँगै केन्द्रीय सदस्यद्धय असल क्षेत्री र सविन पोखरेल पनि गहुँ काट्ने काममा सहभागि रहेको नारायणविक्रम चन्दले बताउनु भएको छ । महासचिव विप्लवले नेतादेखि पार्टी सदस्यसम्म अनिवार्य श्रम जोडिनुपर्ने बताउदै आउनु भएको छ ।

यसअघिदेखि नै नेकपाका नेता कार्यकर्ताहरु सामुहिक श्रममा जोडिदै आएका छन् ।अहिले महासचिव विप्लव र केन्द्रीय नेताहरुसँगै कपिलवस्तुमा स्थानीय पार्टी नेता कार्यकर्ताहरु समेत खेतमा गएर गहुँ काट्ने श्रममा जोडिएका छन् ।

‘सम्झौता कार्यान्वयन नगरे कुरो क्लियर छ’ : विप्लव

डेढ दिनमा हतार हतार चार पटक बैठक बसेर फागुन १९ गते एकाएक सरकारसँग तीन बुँदे सम्झौता गरेका नेकपाका बिद्रोही नेता विप्लवले एक महिना नबित्दै गुनासो पोख्न थालेका छन् ।

यसबीच जेल परेका आफ्ना नेता तथा कार्यकर्ता कसैलाई पनि रिहा नगरेपछि महासचिव विप्लवले केही दिनअघि प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेर ‘गुनासो’ गरेका हुन् ।

विप्लव स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले ‘गर्छु’ भनेपनि अहिलेसम्म सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढेको छैन । मुलुकभर १ सय ७० भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न मुद्दा झेल्दै जेलमा रहेका छन् । त्यसैको लागि भेटे पनि प्रधानमन्त्रीले ‘तयारी गरिरहेका छौं’ मात्र भन्नुभएको बताइन्छ ।

विप्लवभित्र हतारमा सम्झौता गरिएको भन्नेहरू देखिन थालेका छन् । तर, सरकारसँग वार्ताको क्रममा नजिकिएका नेताहरूले भने अहिलेको परिस्थितिलाई ‘सबैतिरको दबाब’ को रुपमा बुझेका छन् ।

ओली सरकारसँग नजिकिएको देखिएको नेपाली काँग्रेसले जेलमा रहेका विप्लवका नेता तथा कार्यकर्तालाई त्यत्तिकै छाड्न नहुने भनेपछि सरकार पछि हटेको उनीहरूको बुझाई छ ।

विप्लवका एकजना नेता भन्छन् ‘सम्भवतः त्यसको प्रभाव न्यायालयमा पनि परेको होला । सबैलाई विश्वासमा लिएर नगरिएको सम्झौताको परिणाम हो यो ।’

यता,नेत्रविक्रम चन्दलगायतका नेताले सरकारको रवैयालाई केही समय पर्खने र हेर्ने रणनीति बनाएको बताइन्छ । स्रोत भन्छ ‘सम्झौता कार्यान्वयन गरे सोहीबमोजिम अघि बढ्ने हो,नगरे त्यहिअनुसार गरिन्छ,कुरो क्लियर छ ।’

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…