त्रिदेशीय फुटबलको फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।

फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताए।

यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

आज नेपाल र बङ्गलादेश भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ५:३० बजेपछि सुरु हुने छ ।

राउन्ड रोबिन लिगको दुवै खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । किर्गिस्तानको यू-२३ टोलीसँग बराबरी खेलेको नेपालले बङ्गलादेशसँग पनि सोही नतिजा कायम राख्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले पछिल्ला सात खेलहरुमा गोल गर्न सकेको छैन । नेपालको मुख्य समस्या फिनिसिङमा देखिएको छ । त्यसलाई सुधार गर्दै नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् । तर बङ्गलादेशका प्रशिक्षकले भने प्रतियोगितामा आफ्नो लक्ष्य खेलाडीलाई अवसर दिनु रहेकोमा त्यो पूरा भएको र अब उपाधि जित्नु वा नजित्नुले खासै अर्थ नराख्ने बताए ।

नेपाल र बङ्गलादेशबीच हालसम्म २४ पटक भेट हुदा बङ्गलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ६ खेलमा विजयी हुदा ४ खेल बराबरीमा सकिएको छ ।

 

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…