आकाशमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयले भन्यो, घरबाहिर ननिस्कौं, मर्निङ वाक नगरौं

१३ चैत, काठमाडौँ । काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ ।’

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।

‘घर बाहिर निस्कै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘ कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौ/गराऔ ।’

यस्तै धँवा, धुलो उड्ने ‍खालका पेशा, व्‍यावसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन पनि नचलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

हङकङबाट काठमाडौं आएको विमान दिल्ली ‘डाइभर्ट’ : खुल्यो विमानस्थल

मौसममा अचानक आएको परिवर्तनपछि बन्द भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही सुधारपछि पुनः सुचारु भएको छ । भिजिविलिटीमा सुधार आएपछि विमान उडान तथा अवतरण खुला गरिएको विमानस्थल स्रोतले रातोपाटीलाई जानकारी दियो ।

वायुमण्डलमा धुलो र धुवाँको मिसिएको तुवाँलो फैलिँदा १ हजार मिटर भिजिविलिटी भएकोमा अहिले १६ सय मिटर भिजिविलिटी पुगेपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।

झन्डै २ घण्टासम्म बिमानस्थल बन्द हुँदा हङकङबाट आएको क्याथे ड्रागमनको विमान डाइभर्ट गरेर दिल्ली पठाइएको छ । नेपाल एयरलाइन्स र हिमालय दमाद लगायतका केही विमानहरुलाई आकाशै होल्ड गर्नुपरेको थियो । यस्तै आन्तरिक उडान तर्फका सम्पूर्ण उडान तथा अवतरण बन्द भएको थियो भने अहिले पुन सुचारु भएको छ ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…