काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण, तुवाँलाले आकाश ढाक्यो

काठमाडौं । शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषण भएको हो ।

पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । ‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ, भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।

हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदूषण भएको दाहालले बताए । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदुषण कम हुनसक्छ ।’

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्‍यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं,’ मौसमविद राजु प्रधानांगले भने ‘यसबारे हमी कन्फर्म हुन सकेका छैनौं ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…